आफ्नै आँखा कम्प्युटरको पासवर्ड
अमेरिकाको टेक्सास विश्वविद्यालयका
कम्प्युटर वैज्ञानिक ओलेग कोमोगोर्तेभले यस्तो नयाँ बायोमेटि्रक प्रणालीको
विकाश गर्दैछन् जसका कारण कम्प्युटर प्रयोगकर्ताले कम्प्युटरको स्त्रिmनमा
हेर्दा आँखा झिम्क्याउने वा हेर्ने शैलीका आधारमा कम्प्युटर आफैले
दृश्यात्मक पार्सवर्ड तयार गरेर सेटिङ गर्छ । जुन हरेक व्यक्तिको फरक
हुन्छ, जसका कारण एउटा मान्छेले आफ्नो हेराइका आधारमा कम्प्युटरमा सेटिङ
भएको पार्सवर्ड अर्कोले बदल्न सक्दैन ।
यो प्रविधिको विकाश भएपछि अब कम्प्युटरमा
कुनै गोप्य पार्सवर्ड राखिरहनु जरुरी छैन । तपाइँको हेराइको आधारमा
कम्प्युटरले आफै पार्सवर्ड तय गर्छ । जब तपाइँले कम्प्युटरको स्विच अन गरेर
कम्प्युटरको स्त्रिmन अगाडि बसेर स्त्रिmनमा हेर्नुहुन्छ तब कम्प्युटरको
उक्त प्रणालीले तपाइँको हेराइ चिन्दछ अर्थात् उक्त दृश्यात्मक पार्सवर्ड
म्याच हुन्छ अनी कम्प्युटर आफै खुल्छ ।
सुन्दा कल्पना जस्तो लाग्ने यो प्रविधि छिटै प्रयोगमा आउने बताइएको छ । यसो भएमा कम्प्युटर अपराध निकै न्युन हुने अपेक्षा गरिएको छ ।
No comments:
Post a Comment