Sunday, November 4, 2012

बिरामी ओलीलाई सराप्ने र सहानुभूति दिने होड

कसैले उखान सम्झे, कसैले कविता

१९ कात्तिक, काठमाडौं । नेकपा एमालेको मात्रै होइन नेपाली राजनीतिका एकजना प्रभावशाली नेता केपी शर्मा ओली यतिबेला सिकिस्त बिरामी भएर अस्पताल भर्ना भएका छन् । आफूलाई पटक्कै मन नपर्ने मान्छे बिरामी हुँदा पनि च्वच्व भन्ने, सहानुभूति दिने र सहयोग गर्ने परम्परा भएको नेपाली समाजमा मानवीय समवेदना नै भुल्ने गरी केहीले सामाजिक सञ्जालमा ओलीप्रति आक्रामक व्यवहार देखाएका छन् । कसैले ठीक्क भयो भनेका छन्, कतिले अब उठ्न नसकून् भनेर सरापेका छन् ।
कसैले ओलीको संरक्षण पर्शुराम बस्नेत लगायतका एमाले कार्यकर्ताले देखाएको व्यवहारको बिरोध गरेका छन् । कतिले एयर एम्बुलेन्स मार्फत भारत लैजान लागिएको खबरप्रति असन्तुष्टी जनाएका छन् ।
हो, ओली नेपाली राजनीतिमा सबैभन्दा बढी आलोचना खेप्ने नेताको रुपमा छन् । माओवादी लगायतका विपक्षी दलहरुप्रति उनले राख्ने आक्रामक धारणाले धेरैलाई ओली मन नपर्न सक्छ । तर ओलीका बोली र उखान टुक्काका ‘फ्यान’हरु पनि प्रशस्त छन् । उनी बिरामी भएर सिकिस्त भएपछि फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालमा उनको खेदो खन्ने बढ्न थालेपछि धेरैले यसको बिरोध गरेका छन् । उनीहरुले बिरामी हुँदा समेत मानवीय संवेदना भुल्नेहरुप्रति असन्तुष्टी जनाएका छन् ।
पत्रकार बालक्ुमार नेपालले आफ्नो फेसबुक पेजमा लेखेका छन् -’एमाले नेता केपी वली बिरामी भएर उपचारका दिल्ली लगिदैछ । तर फेस बुक स्टाटस र केही अनलाईनमा उनी प्रति गरिएको निकृष्ठ दानवीय टिप्पणी देख्दा मान्छे मृत्युको कामना गर्ने दानवहरु निकै बढेको आभास भयो । यदि कसैलाई मन नर्पने बितिकै मृत्युको कामना गर्ने हो भने संसारमा मानवीयता शब्द मेटाई दिए हुन्छ, । वलीको शीघ्र स्वास्थ्य लाभको कामना।।।…
अर्का पत्रकार मेघराज रसाईलीले लेखेका छन् -’‎प्रभावशाली नेताको प्रभाव खासै राम्रो रैनछ । काकाले सुस्केरा हाले, ्टुइटे र फेसबुकेहरुले सराप्या सराप्यै छन् यिनलाई । त्यसो भा जीवनभरि यिनले प्रभाव चाँही कसलाई के मा पारेछन् त हँ ?’

सामाजिक सञ्जालमा व्यक्त केही टिप्पणी यस्ता छन् :

‘कुनै ठुलो पदमा नभए पनि बिरामी हुँदा फेशबुकमा यती धेरै चसो राखिनु केपी वलीको प्रभाब हैन र ?’
‘सधैं जसो सानो तिनो बिमारीको नाम लिएर पनि भारत तिर गई रहने नेपालको अस्पताल मा भन्दा निक्कै आश्र्चय नै लागेको थियो एयर एम्बुलेन्स्मा जाने बिचारले पो रहेछ नेता जतिले उपचारको नाम मा लाखौं करोडौं खर्च गर्ने पैसा बिकास उन्मुख क्षेत्रमा अस्पताल बनाउनका लागि लगानी गरे हजारौं जनताले सानो तिनो बिमार बाट पनि अकालमा ज्यान गुमाउन पर्नेे थिएना । यि जनता सोसित नेतालाई राष्ट्रको धुकुटी खर्च गर्नु भनेको बालुवामा पानी खन्याउनु जस्तै हो ।’
‘अमेरिका पुगेर अस्पतालमा भर्ना भए पनि किन त्यहाँ उपचार नगरी नेपाल फर्केको होलान कामरेड ? जहाँ उपचार गराए पनि उनको शिघ्र स्वास्थलाभ होस भन्ने शुभ कामना ।’
‘समकालिन राजनीतिमा बिपक्षी माथी शव्दवाण प्रहार र्गन सायदै एमाले नेता केपी वलीलाई कसैले भेट्ला । उखान र रसिला प्रसंग जोडेर आफ्ना तर्क राख्न खप्पिस एमाले नेता वली बिरामी भएपछि सामाजिक सञ्जालमा व्यक्त बिचारले सायद हाम्रो चेतनाको स्तरलाई प्रतिबिम्बित गर्छ ।’

ओलीका कटाक्ष :

ओली बिरामी भएपछि धेरैले उहाँले यसअघि बोलेका रमाइला तुक्काहरुको संग्रह सम्झेर आफ्नो फेसबुकमा राखेका छन् ।

· वनमाराको झाडीमा पीपलको बिरुवा छोपियो भनेर पीपल हरायो भन्न मिल्दैन । एमाले पीपलको बिरुवा हो, माओवादी वनमाराको झाडी । पीपल रुख बनेपछि वनमारा आफैं खुइलिएर जान्छ । (माओवादी ठूलो पार्टी भए पनि एमाले कम्युनिस्ट आन्दोलनको मूलधार रहिरहने तर्क गर्दै )
· हात्ती दुब्लाएर बोरामा अट्दैन, मुसो मोटाएर हात्ती हुँदैन (संविधानसभामा एमाले तेस्रो पार्टी भएपछि दिएको प्रतिकृया )
· छोराको तिघ्रा बढेपछि बाबुलाई अभिभावक होइन भन्न मिल्दैन । माओवादीलाई यहाँसम्म ल्याएको एमालेले हो । उसलाई सुधार्न एमालेले गरेको आलोचनालाई विरोध नसम्झोस्’ (आफूलाई माओवादी विरोधी नठान्न अनुरोध गर्दै )
· झुम्रा, कागज र अरु मटेरियल त पहिलै थिए, तर ती पहिलै थिए भनेर मैले पुतली बनाएँ भन्न मिल्दैन । जसले सबै मटेरियललाई मिलाएर पुतली बनाउन सिकायो, त्यो उसैले बनाएको भन्नुपर्छ ।’ (पार्टीर्मागर्दशक सिद्धान्त जनताको बहुदलीय जनवाद आफ्नो कार्यकालमा विकास भएको पार्टी अध्यक्ष झलनाथ खनालको भनाइलाई खण्डन गर्दै मदन भण्डारीको अगुवाइमा जबज विकास भएको बताउँदै)
· झुसिलेबाटै पुतली बन्ने भए पनि झुसिलेलाई पुतली भनिँदैन । झुसिले झुसिले हो, पुतली पुतली नै हो । हामी पुतली बनाएर छोड्छौं । पुतली बनाएपछि पुतली भनौंला । अहिले झुसिले हो माओवादी, पुतली होइन । पछि वामपन्थी बनाउँछौं भनेर उग्रवामपन्थी माओवादीलाई अहिले नै वामपन्थी भन्न मिल्दैन । जुन दिन हामी उसलाई रुपान्तरण गरेर वामपन्थी बनाउन सक्छौं, त्यही दिन वामपन्थी भनौंला । हाललाई माओवादी वामपन्थी होइन ।
· गोगो साबुनको विज्ञापनमा भन्छ नि, गाईले पनि तिमीलाई लखेट्ने, कुखुराले पनि तिमीलाई नै लखेट्ने’ भनेजस्तै एमालेजस्तो पार्टीलाई गाईले पनि लखेट्या छ, कुखुराले पनि लखेट्या छ । कुखुराको पनि ठूलो भाले होइन, चल्लाले लखेट्या छ । एमालेजस्तो पार्टीलाइ अरुले अरूले गालामा चड्याम्म हान्छ, अनि कस्तो दुख्नेगरी हानेको सहन्नँ है म भन्या छ । (माओवादीले एमाले कार्यकर्तामाथि गरेको ज्यादतीलाई पार्टी नेतृत्वले सामान्य वक्तव्यमै टुंग्याउने गरेको बताउँदै)
· पत्रिकामा ल बाबु हो अब रंग भर भनेर एउटा कुखुरो बनाइदिएको हुन्छ । र्लुकामा रातो, खुट्टामा खैरो, सिउरमा फुस्रो रंग भरेर पठाउँछन् केटाकेटी । जबजलाई त्यस्तै र्गन खोजिएको छ । केटाकेटीलाई रंग भर भनेर दिइएको चित्रजस्तो होइन जबजको व्याख्या गर्ने तरिका ।’ -महाधिवेशनअघि र्पाटीको सिद्धान्त जबजलाई तोडमोड र्गन खोजिएको भनाइ राख्दै)
· जबजलाई कहाँ टीको लगाइदिनुपर्छ, कहाँ गाजल लगाइदिनुपर्छ, कहाँ लिपिस्टिक लगाइदिनुपर्छ भनेर बहस र्गने कि जबजले भनेअनुसार उग्रबामपन्थी र दक्षिणपन्थी बिरुद्ध लड्न थाल्ने र’ (र्पाटीले अघि सारेको विचार जबजलाई सही प्रयोग नगरी यसको अपव्याख्यातिर ध्यान दिएको बताउँदै)
· संविधानसभामा वामपन्थीको दुई तिहाइ बुहमत भनेर त्यसै छाती पिट्दै हिँडेर हुन्छ ? आफ्नो खेतमा खडेरी परेको छ । त्यसमाथि त्यहीँ बाँदर पल्केको छ । काकाको खेतमा धान फल्यो भनेर खुसी हुने ?
(संविधानसभामा वामपन्थीहरूले ६२ प्रतिशत सिट जितेकालाई उपलब्धि भन्ने झलनाथ खनालको विश्लेषणप्रति टिप्पणी गर्दै)
· हाम्रा पार्टीका महासचिवको हत्या गर्न भीरमा ढुकेर ढुंगा गुल्ट्याउने अपराधीहरूसँग सुमधुर सम्बन्धको वीणा र एकतारे बजाइरहेका छौं ।’ (पार्टी महासचिव ईश्वर पोखरेललाई रामेछापमा माओवादीले आक्रमण गरेपछि पनि पार्टी अध्यक्ष झलनाथ खनालको वामपन्थी जुधाएर दक्षिणपन्थीले फाइदा उठाउन खोजेको भन्ने भनाइको जवाफ दिँदै)
· सिनेमामा हिरोले हिरोइनलाई अँगालो हाल्छ, काखी च्याप्छ, हिरोइन आँसु झार्छे, एक अर्कालाई केही भयो भने पुर्पूरोमा हात राखेर रुन्छन, जब सिनेमा सकियो केको लभ पर्नु ? हिरो एकातिर, हिरोइन अर्कैतिर । हामीले जति राम्रो बनाउन खोजे पनि एमाले माओवादीको सम्बन्ध त्यस्तै भयो । अहिले देखिइहाल्यो नि एमालेको नेतृत्वमा सरकार बन्न दिनु भएन प्रभु, बरु तपाइं हुनुस् दुई तिहाइ हामी मिलाइदिउँला’ भनेर गिरिजाबाबुकहाँ लम्पसार परेको ।’ (एमाले र माओवादी सम्बन्धबारे टिप्पणी र्गदै)
· माओवादीको नेतृत्वमा सरकार बनाउन साथ दियौं । सल्लाह गरेर काम गर्न सुझाव दियौं । नउफ्री, नढल्नु, नकुद्, जमिन हेर भन्दाभन्दै मानेन । आफ्नै खुट्टामा अल्झेर लड्यो ।’ (माओवादी नेतृत्वको सरकार ढलेपछि कार्यकर्ता भेलामा बोल्दै)
· हावा भरिएको बेलुनजस्तो आकार मात्र ठूलो भएर हुँदैन, तौल पनि चाहिन्छ । रुक्मांगद नामको छेस्कोले के घोचेको थियो फ्यास्स हावा खुस्कियो ।’ (माओवादी आफ्नै उत्ताउलोपनले अप्ठेरोमा परेको र उसको आकार अस्थायी भएको बताउँदै)
· दुई माना दूध उम्लेर एक पाथी जाने डेक्ची भरिएजस्तै हो माओवादी, दुई मानालाई एक पाथीको भ्रम परेको छ ।’
(संविधानसभाको चुनावपछि माओवादीले अरूलाई हरूवा भनेर अपमान गरेको बताउँदै ।)
· माओवादीको जनविद्रोह भदौमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भनेजस्तै हो।’
· अठार पुराणको निष्र्कष परोपकारपुण्याय, पापाय परपीडनम्’ भने जस्तो एमालेको अहिलेको निष्र्कष माओवादी सुधार हो । तर, माओवादीलाई सुर्धानु अप्ठ्यारो काम रहेछ । औषधि खुवायो, निल्दैन । एकछिन मुखैमा राख्छ, यताउति हेरेर ओकलिहाल्छ । अनि, हामी के र्गनु त ? -माओवादीलाई रुपान्तरण एमालेको प्रयास विफल भएको बताउँदै)
· युथर्फोस गठन किन गर्यौ भनेको चाहिँ ढोकामा पाले किन राखिस् भने जस्तो हो । चोर आएको आयै गर्छ, फेरि हतियारधारी चोर आउँछ । पहिला चोर नलाग्दा राख्ने गरेको थिएन । अचाक्ली गरेर आँखा झिमिक्कै गर्न दिँदैन त के गर्ने ? -(पार्टीको सुरक्षार्थ युथर्फोस गठन गरिएको जानकारी दिँदै)
· केको वाइसिएल र युथर्फोसको भिडन्त हुन्छ ? खुकुरी र टाउकोको मुठभेड’ भन्ने ?
(माओवादी र एमालेबीच भिडन्त होइन माओवादीले एकोहोरो आक्रमण र्गने गरेको बताउँदै)
· सरकारमा बस्ने एमालेको धर्म होइन । बाहुनले बिहान उठेर तुलसीमा पानी हाल्छ, गायत्री मन्त्र जप्छ, शुक्रबार, शुक्रबार मुसलमान मस्जिद जान्छ, आइतबार क्रिस्चियन र्चचमा जान्छ भने जस्तो एमाले सत्तामा जान्छ भन्ने पनि हुन्छ ?
· म उपप्रधानमन्त्री बन्ने कुरै छैन । केपी ओलीले कुनै कक्षा दोर्होयाएर पढेन, पढ्दैन पनि।
· माओवादीलाई शान्ति प्रकृयामा झुम्केबुलाकी दिउँला, कण्ठेतिलहरी दिउँला भनेर फकाएर ल्याएको होइन ।
· अंकको कुरा नर्गने हो भने माओवादीले मुख्य पार्टी भनेर ङ्र्यारर्ङुर गर्ने, गर्धन फुलाउने काम नगरे हुन्छ । यति जनादेश, उति जनादेश भनेको अंककै कुरा हो, दस्ताबेजको कुरा होइन । बहुमत भनेको संख्या पुर्याउने हो, प्रर्चा पुर्याउने होइन ।
· बाहृय शक्तिका कुरा माओवादीले धेरै बुझ्छन् । धेरै र्वष बाहिर बसेर संगत गरे, हिमचिम राखे । त्यस्ता कुरा हामी कसरी बुझ्छौं ? (अन्य र्पाटी विदेशी इसारामा चलेको माओवादी भनाइप्रति प्रतिक्रिया दिंदै)
· गुरिल्लाले फुटबल खेल्ने भएपछि खेलाडीको के काम ? म पनि काठमाडौं र्फकेर बुट लगाएर फुटबल खेल्न जान्छु ।
· सरकार आफैं अस्पष्ट रहेछ । त्यही भएर सेनापतिसँग स्पष्टीकरण मागेको रहेछ । सेनापतिले स्पष्टीकरण दिए, अब सरकार स्पष्ट भयो । अब यो च्याप्टर सकियो । (सेनापति प्रकरणलाई स्पष्टीकरण मात्रै सोधेर टुंग्याउन सुझाव दिँदै)
· एउटा झोला किन्दे भनेर कसैले भन्यो भने झोला किनिदिन सकिन्छ । त्यतिले पुगेन, एउटा हात्ती पनि किनिदे भन्ला । त्यो पनि किनिदिन सकिएला । ँलौ अब त्यो हात्ती यो झोलामा हालिदे’ भनेर निहुँ खोज्यो भने के र्गने ? मधेसको माग भनेको यस्तै हो ।
· बाबुराम भट्टराईजी सम्बन्ध चिसियो भनेर आउनुभा’रछ । तताएर जानुभयो । (माओवादी नेता बाबुराम भट्टराईसँग आफ्नै निवासमा भेटपछि प्रतिक्रिया दिँदै)
· मोहनविक्रम र माओवादी कति जडसूत्रवादी हुन्न भने माओ लङर्माचमा दक्षिणबाट उत्तरतिर गएका थिए भनेर यी रक्सोलबाट रसुवातिर हिँड्न बेर मान्दैनन् ।
· माओवादीले केही नाप्दैन । बाँदरले रुख हल्लाउने मात्रै हो, रुख भाँच्न सक्दैन ।
· म र्ककलोमाथि बन्चरो चलाउन चाहन्नँ । (माओवादीका ससाना कुरामा आफूसँग प्रश्न नर्गन अनुरोध र्गदै)
· माओवादीको एक्काइसौं शताब्दीको जनवाद भनेको भुमरी हो । भुमरी बाटो होइन, चक्र हो । यो प्रचण्डपथ पनि कुनै निसानामा खसाल्ने होइन, जहाँ खस्यो त्यही निसाना भन्ने हो । हतियार उठाउँदा पनि प्रचण्डपथ, हतियार बिसाउँदा पनि प्रचण्डपथ । के हो यो प्रचण्डपथ ? (माओवादीको प्रचण्डपथलाई जबजसँग तुलना नर्गन अनुरोध र्गदै)
· माओवादी अरु आठ र्वषमा सकिन्छ । उग्रवामपन्थको आयु २० र्वष हो, १२ र्वष त भइसक्यो ।
· संविधानको कुनै धारा पेस्की दिइने विषय होइन । (संविधान बन्नुअघि नै आश्वासन बाँड्न नहुने र्तक र्गदै)
· पार्टीमा एकता भनेको सबै स्थायी कमिटी सदस्यलाई एकैचोटि रायोको सागसँग हरियो र्खुसानी कुटुक्क टोक्न मन लाग्ने, सबैलाई एकै दिन मस्यौरा खान मन लाग्ने होइन । (एकताको र्अथ बहस निषेध नभएको बताउँदै)
· नयाँ नेपाल बनाउने भनेको बैतडीको गोलीकाण्ड हो ? विराटनगरको ठेक्कापट्टा हो ? वनफँडानी र रक्तचन्दन हो ? सप्तरीको हत्याकाण्ड हो ? -विधिको शासनबाट मात्रै नयाँ नेपाल बन्ने बताउँदै)
· प्रचण्डको सम्बोधनमा आदरणीय बा रे, आदरणीय आमा रे, आदरणीय दाजुभाइ, दिदीबहिनी रे, बाको खुट्टा भाँच्या छ, आमाको टाउको र्फोया छ, दाजुभाइको नलीहाड फुटालेको छ । पहिले टाउको र्फोने अनि कानबाट खुदो खन्याइदिने ? (माओवादीको भनाइ र गराइमा अन्तर रहने गरेको र्दसाउँदै)
· माओवादी छातेच्याउ मात्रै हो, भदौको ठूलो थोप्ला पानीले नै ठेगान लगाउँछ ।
· गोरुसँग ज्ञान र बोल्ने सीप हुँदैन, सिङको भरमा हान्न खोज्छ, माओवादीको चरित्र उसैसँग मिल्छ ।
· बाँदरलाई खेताला लगाएर कसैले पनि मकैको कुन्यु खडा र्गन सक्दैन

एयर एम्बुलेन्सबारे कविता

बिरामी ओलीलाई एयर एम्बुलेन्सबाट भारतमा लैजाने खबर थाहा पाएपछि स्तम्भकार मिलन बगालेले एउटा कविता लेका छन् ।
अस्ति गिरिजालाई बोक्यो ।
हिजो जनार्दनलाई बोक्यो ।
आज ओलीलाई बोक्दैछ ।
भोली प्रचण्डलाई बोक्ला ।
धनबहादुलाई परियारलाई ?
धनबहादुरलाई
तलोमुनिको दलिनले बोक्छ ।
र उडाउछ अनन्त यात्रामा,
मासु खान नपाएर
हड्डीले अडिएका
१२ सन्तानका लस्करलाई
सन्तापको धूलो उडाउँदै ।
एयर एम्बुलेन्स
नेपालगन्जको कोल्टी पुगेन
प्रसव पिडाले कोल्टीएकी
नन्दु डडाललाई लिन
एयर एम्बुलेन्स
झुत्रो बोक्दैन
झाम्रो बोक्दैन
च्यातिएर चिरा परेको
काम्रो बोक्दैन ।

एयर एम्बुलेन्स सफा छ
सफा मन बोक्दैन ।
सफा मन
चिराभित्र छ ।
किराभित्र छैन ।
उ किरा बोक्छ ।
किरा उसको सगोत्री भाई हो ।
किरो उड्छ ।
एयर एम्बुलेन्स पनि उड्छ ।

सहयोग-अनलाईन खबर 

 

No comments:

Post a Comment