भारतीय मूलका अमेरिकी वैज्ञानिक डाक्टर
विरेन्द्र राज दत्तको नेतृत्वमा रहेको अनुसन्धान टोलीले थोरै उर्जामै
कम्प्युटर चलाउने तथा कम्प्युटर प्रणालीबाट हुने बढि उर्जा खपत घटाउने
प्रविधिको विकाश गरिएको दाबी गरेको छ । यो प्रविधिले सूचनाप्रविधिको
क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउनसक्ने दाबी शोधकर्ताहरुको छ ।
के हो यो प्रविधि ?
यो प्रविधिमा कम्प्युटरमा प्रकाशका लागि
जर्मेनियम नामको तत्व लेजरका रुपमा प्रयोग गरिन्छ । यसले निकै कम
बिजुलीबाटै कम्प्युटर चिप्सले धेरै काम गर्न सक्छन् । जर्मेनियमको प्रयोगले
कम्प्युटर प्रणालीमा प्रयोग गरिँदै आएको नयाँ पुस्ताको सिलिकन
सेमीकण्डक्टर चिप्सका इलेक्ट्रोनिक्स उपकरणमाथिको निर्भरतालाई पनि कम
गर्नेछ ।
शोधकर्ताहरुका अनुसार फोटोन कणका कारण
जर्मेनियम युक्त चिप्स बढि सक्रिय हुन्छ । शोधकर्ताहरुले कम्प्युटर चिप्समा
जर्मेनियमको प्रयोगले सूचना प्रविधिको क्षेत्रमा नयाँ युगको थालनी हुने र
भन्दै यस्तो फोटोनिक युग यस क्षेत्रका लागि क्रान्तिकारी छलाङ सावित हुने
दाबी गरेका छन् ।
Source-onlinekhabar
No comments:
Post a Comment