काठमाडौँ, कात्तिक १४ - सुनसरीको अमदुहा-१ स्थित शिव मन्दिरका
पुजारीलाई आज बिहान साँढे गोरुले लछारपछार गर्दा मृत्यु भएको छ। अमदुहा-२
बस्ने ६५ वर्षीय विन्देश्वर दासलाई आज बिहान ७ बजे साँढे गोरुले लछारपछार
गर्दा मन्दिर परिसरभित्र मृत्यु भएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई गएर आवश्यक अनुसन्धान गरिरहेको छ।
Source-nagariknews
No comments:
Post a Comment