Tuesday, October 30, 2012

भट्टराईलाई प्रधान मन्त्री बनाउनु बादरलाई लिस्नु लगाएजस्तो

उपेन्द्र लामिछाने, भक्तपुर, कात्तिक १४ - नेकपा - माओवादीका उपाध्यक्ष सीपी गजुरेलले बाबुराम भट्टराई नेतृत्वको सरकार बजेटको पासोमा फस्ने दावी गरेका छन्। भक्तपुरमा रफत सञ्चार क्लबमा बोल्दै उनले भने, 'अहिले विपक्षीहरुले बजेट पास गर्नु भनेको असंवैधानिक सरकारको आयु लम्ब्याउनेमात्र हो।'

उनले बजेट कुनै पनि हालतमा पारित नहुने दावीसमेत गरे। कात्तिक २५ गते मुलुकको राजनीतिक परिवर्तन हुने दावी गर्दै उनले यही दिन राष्ट्रपति लगायत सबै राजनीतिक दलहरुको राजनीतिक परीक्षा हुने समेत बताए।

कङ्ग्रेस, एमाले र एमाओवादी असफल भइसकेकाले अव सरकारको नेतृत्व नेकपा-माओवादीले गर्नुपर्ने उनले बताए। त्यसका लागि रामबहादुर थापालाई पार्टीले अघि सारेको बताए।

'बाबुराम भट्टराईलाई प्रधान मन्त्री बनाउनु बादरलाई लिस्नु लगाएजस्तो भयो,' उनले भने। उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई हिटलर हुनबाट जोगाउन बाबुरामलाई प्रधानमन्त्री बनाउनुपरेको वाध्यता सुनाए।

Source-nagariknews

No comments:

Post a Comment