विक्रम गिरी, महेन्द्रनगर, कात्तिक १४ - चट्टान खसेर जीप पुरिँदा भारतमा
दुई नेपाली सहित चार जनाको मृत्यु भएको छ। सोमबार साँझ सीमावर्ती भारतको
धार्चुला तहसिल अन्तर्गत पर्ने तीनतोला भन्ने ठाउँमा चट्टान खसेर जीप
पुरिँदा उनीहरुको घट्नास्थलमै मृत्यु भएको हो।
युए ०५-३८४० नम्बरको जीपमा चट्टान खसेको घट्नास्थल पुगेर फर्केका दार्चुलाका पत्रकार भोजराज जोशीले फोनमा बताए। ठूल्ठूला ढुङ्गाले जीप च्यापिएपछि दार्चुलाको राप्ला गाविस-५ का २२ वर्षीय गणेशसिंह धामी र ३२ वर्षीय धनजितसिंह धामीको मृत्यु भएको जोशीले बताए।
घट्नामा जीप चालक करन राम र अर्का भारतीय नागरिक मंगलसिंह भण्डारीको समेत घट्नास्थलमै मृत्यु भएको छ। गणेशसिंह र धनजीत खलंगावाट तिहारका लागी चामल र अन्य सामाग्री लिएर घर फर्किदै थिए।
दार्चुलाबाट उत्तरतर्फका ११/१२ गाविसका वासिन्दाहरु नेपालतर्फ सड्क सुविधा नहुँदा भारतीय यातायात प्रयोग गर्न बाध्य छन्। उनीहरु दैनिक भारतीय सडक प्रयोग गरी तुइनको भरमा महाकाली नदी पार गरी घर आउ-जाउ गर्छन्।
घट्नास्थल दार्चुला सदरमुकाम खलंगा पारीको भारतीय बजार धारचुलादेखि २१ किलोमिटर उत्तरमा पर्छ। भारतले उक्त क्षेत्रमा महाकाली किनारै भएर कालापानीसम्म सड्क फराकिलो पार्ने तथा खन्ने काम गरिरहेको छ। चट्टान फुटाउन भारतले विष्फोटक पदार्थ प्रयोग गरे लगत्तै घट्ना घटेको पत्रकार जोशीले बताए।
'सवारी साधन रोकेर चट्टान फुटाइएको थियो, लगत्तै जीप अगाडि बढ्दा ठूल्ठूला ढुंगा सहितको ढिस्को खस्दा घट्ना घटेको हो।'
जीपमा सवार अन्य सकुशल रहेको उनले बताए। चारै जनाको शव सोमवार राति धारचुलास्थित सामुदायिक अस्पताल ल्याइएको थियो। मंगलबार शव पोष्टमार्टमपछि उनीहरुको शव परिवारजनलाई बुझाइएको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले घट्नाबारे भारतीय समकक्षीसित जानकारी लिने काम भइरहेको बताए।

Source-nagariknews
No comments:
Post a Comment