Monday, October 29, 2012

८० रुपैयाँ बुझाउन दुईहजार खर्च

१३ कात्तिक, खोटाङ । खोटाङका तीस भन्दाबढी गाविसका उपभोक्ता विद्युत महशुल बुझाउन तीन दिन पैदल हिड्न बाध्य छन् ।
नेपाल विद्युत प्राधिकरणको न्यूनतम महसुलदर ८० रुपैयाँ छ । तर, स्थानीय प्रशासन र विद्युत कार्यालयको वेवास्थाका कारण ती गाविसका बासिन्दाले ८० रुपैयाँ विद्युत महशुल बुझाउन दुई हजार रुपैयाँ खर्च गरेर सदरमुकाम धाउन बाध्य भएका छन् । विद्युत महशुल २ बजेसम्म मात्रै बुझ्ने भएकाले उपभोत्ताले यत्ति कामका लागि सदरमुकाममै दुईदिन विताउनुपर्ने बाध्यता रहेको छ ।
सदरमुकामबाट टाढा रहेका सिम्पानी, लिच्कीराम्चे, बतासे, राजापानी, विजयखर्क, बुईप्ाा, खार्पा कुभिन्डे लगायतका खोटाङका ३० भन्दा बढी गाविसका उपभोत्ताले यस्तो मार खेपिरहेका छन् । यी गाविसबाट सदरमुकाम आउन एक दिनभन्दा बढी लाग्छ । ८० रुपैयाँको महशुल बुझाउन एकहजार देखि दुईहजार सम्म खर्च हुने गरेको उनीहरुले बताएका छन् ।

Source-onlinekhabar

No comments:

Post a Comment