१३ कात्तिक, ओखलढुंगा । गर्भवती महिलालाई
गर्भ जाँच तथा सुत्केरी गराउन आउन अनुरोध गर्दै जिल्लाका दुर्गम गाविसस्थित
स्वास्थ्य संस्थाले घर घरमा निमन्त्रणा कार्ड पठाउने गरेका छन् । जिल्लाका
५६ गाविसमध्ये ३० भन्दा बढी गाविसका गर्भवती महिलाका घरघरमा निमन्त्रण
कार्ड पठाउने गरिएको स्वस्थ्य संस्थाहरुले जनाएका छन् ।
उनीहरुलाई स्वास्थ्य संस्थामा आउन
प्रोत्साहन दिन भनेर गर्भ जाँच गर्न आउँदा पहिलो पटक चार, दोस्रो पटक ६,
तेस्रो पटक आठ र चौथो पटक नौ वटा गरी सुत्केरी नहुँदासम्म २७ वटा अन्डा
दिने व्यवस्था मिलाईएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
कुन्तादेवी स्वास्थ्य चौकीका अहेव इन्द्र
गौतमका अनुसार ओखलढुंगाका ग्रामिण भेगका महिलालाई स्वास्थ्य संस्थामै गएर
सुत्केरी गराउन चेतना जगाउने उद्देश्यले यस्तो अभियान थालिएको हो ।
No comments:
Post a Comment