Monday, October 29, 2012

आज कोजाग्रत पूणिर्मा

१३ कात्तिक, काठमाण्डौं । आज कोजाग्रत पूणिर्मा मनाईंदैछ । प्रतिपदाका दिन घटस्थापना गरी शुरु भएको बडादसँै आज बेलुकी घरघरमा महालक्ष्मीको पूजा-आराधना गरी विसर्जन गरिँदैछ । विजयादशमीको दिनदेखि शुरु भएको टीका र जमरा लगाउने काम आजैदेखि पूरा हुन्छ ।
सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी ‘को जागेको छ ?’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण आज राति गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गर्छन् ।
कोजाग्रत पूणिर्माका अवसरमा स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ । कोजाग्रत पूणिर्मा नेपालीहरुको अर्को महान चाड तिहारको अगमन हुन लागेको संकेतका रुपमा पनि मनाईन्छ । कोजाग्रत पूणिर्मादेखि कात्तिक शुक्ल पूणिर्मासम्म अर्थात् एक महिनासम्म आकाशदीप बाल्ने र कात्तिक स्नान गर्ने गरिन्छ ।

Source-onlinekhabar

No comments:

Post a Comment