Monday, November 5, 2012

जुवा खेलेको आरोपमा नेविसंघ अध्यक्षसहित १३ पक्राउ

सुनसरी, कार्तिक २० - सुनसरीको इटहरी-४ मा ठूलो रकम राखेर जुवा खेलिरहेको अवस्थामा प्रहरीले गएराति नेपाल विद्यार्थी संघ सुनसरीका अध्यक्ष विकास केसीसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिआर हस्पिटलका टीका अधिकारी, ठेकेदार प्रदीप तामाङ, राजन ढकाल, कृष्ण अधिकारी, दिपेश सिटौलालगायत छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका निरीक्षक सागर थापाकाअनुसार पक्राउ पर्ने १३ जनाबाट २ लाख ६४ हजार रुपैयाँ र तास बरामद गरिएको छ । उनीहरुलाई जुवा ऐनअन्तर्गत आज नै सुनसरी प्रशासनमा मुद्धा दर्ता गरिने थापाले जानकारी दिए ।
विशेष सुराकीका आधारमा प्रहरीले नेविसंघका नेता केसीको इटहरी-४ स्थित घरमा छापा मारिएको थियो ।

Source-ekantipur

No comments:

Post a Comment