Monday, November 5, 2012

हेलिकप्टर दुर्घट्नाको खबर निराधार

काठमाडौ, कार्तिक २० - नुवाकोटको जिलिङ गाविसको भट्टा डाँडा भन्ने स्थानमा हेलिकप्टर खसेको हल्ला निराधार रहेको छ । स्थानीय गाउँलेले त्यहाँबाट प्रहरीको कन्ट्रोल १०० मा हेलिकप्टर खसेको अपुष्ट सूचना दिएपछि हल्ला फैलिएको थियो ।
नुवाकोटस्थित कान्तिपुरकर्मी प्रकाश अधिकारीले हेलिकप्टर खसेको हल्ला चलेपनि बुझ्दै जाँदा खबर निराधार रहेको जानकारी दिए । नुवाकोटका डिएसपी दीपकराज खरेल पनि दुर्घट्नाको कुनै पुष्टी नभएको बताए ।
नेपाल वायु सेवा संचालक संघका सचिव योगराज कँडेलले पनि दुर्घट्नाको खबर निराधार रहेको बताए । 'सबै विमान कम्पनीका जहाज तथा हेलिकप्टर अपडेट छ,हामीले सबै चेक गरिसक्यौं,' उनले भने ।

Source-ekantipur

No comments:

Post a Comment