Thursday, November 1, 2012

हजुरआमा र काकीको हत्या गरेको आरोपमा युवक पक्राउ

चितवन, कात्तिक १६- साख्खै हजुरआमा र काकीको हत्या गरेको आरोपमा नवलपरासीको इलाका प्रहरी कार्यालय गैंडाकोटले एकजना युवकलाई पक्राउ गरेको छ। दशैंको टीकाको दिन कात्तिक ८ गते मृत फेला परेका ५७ वर्षीया सुनचरी कुमाल र देवी कुमालको हत्या गरेको आशंकामा गैंडाकोट गाविस-७, गैरी सित्तलनगरका २३ वर्षीय सुरेशकुमार कुमाल गिरफ्तार भएका हुन्।
परस्त्रीसँग यौन सम्बन्ध राखेको बेलामा हजुरआमा सुनचरी देखेपछि घाँटी थिचेर उनको हत्या गरेको सुरेशको भनाइ छ। आरोपित सुरेशले बिहीबार बिहान इलाका प्रहरी कार्यालयमा पत्रकारहरु माझ सो कुरा बताएका हुन्। हजुरआमाको घाँटी थिचेको बेलामा काकी देवीले देखेकाले उनको पनि ज्यान लिएको सुरेशले बताए।
'यौन सम्बन्ध राख्दै गर्दा हजुरआमाले देख्नु भयो। बेइजेत हुने भयो भनेर हजुरआमाको घाँटी थिचे। त्यही बेलामा काकीले पनि देखेपछि उनलाइ पनि छाडिन' प्रहरी कार्यालयमा सुरेशले भने। घटनापछि फरार रहेका उनलाइ प्रहरीले घटना भएको भोलिपल्ट बिहान समाएको थियो। पोखरा, बुटवल, अरुणखोला हुँदे वीरगञ्ज जान लागेका बेलमा उनी समातिएका हुन्।
'घटना गराएपछि पोखरा हुँदे बुटबलबाट बिरगञज जान लागेका बेलामा हामीले बसबो पछिल्लो सिटबाट गैंडाकोटमा समाएका हो' इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरिक्षक डिल्लीनारायण पाण्डेले भने। हालसम्म सो घटनामा सुरेशको मात्र सलग्नता देखिएको पाण्डेको भनाइ छ। अदालतले अनुशन्धानका लागि दश दिनको म्याद दिएको छ।

Source-nagariknews

No comments:

Post a Comment