काठमाडौं, कात्तिक १७- मौसम पूर्वानुमान महाशाखाले दुई दिनअघि भारतको
तामिलनाडु र आन्ध्रप्रदेशमा आएको निलम नामको आँधीका कारण नेपाली आकाशमा
बदली भएको जनाएको छ। बुधबार आएको सो आँधीबेहरीपछि नेपाली आकाशमा खुल्न
नसकेको छैन र चिसो बढेको छ। बदली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको
महाशाखाले जनाएको छ।
यो साता निलम, स्यान्डीलगायतका सामुद्रिक आँधीका कारण भारत, श्रीलङ्का, अमेरिका, हैटीलगायतका राष्ट्रमा धनजनको ठूलो क्षति भएको छ। नेपालमा अक्टोबर र नोभेम्बर महिना सबैभन्दा कम पानी पर्ने महिनाको रुपमा लिने गरिन्छ।
वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बिहीबार आकाशमा पटकपटक बदली भएको देखिए पनि अहिले आँधीको प्रभाव कमजोर भएर मौसम सफा हुँदै आएको बताए। उनले अझै एक/दुई दिन पानी पर्ने संभावना छैन। पानी पर्न थालेपछि भने दिउँसोको तापक्रम पनि घटेर चिसो बढ्ने छ।

Source-nagariknews
No comments:
Post a Comment