काठमाडौं, कार्तिक १४ -
यसपालिको दसैं सोमबारको कोजाग्रत पूर्णिमासँगै सकिएको छ । बडा दसैंको
पहिलो दिन घटस्थापनामा दुर्गाभवानीको प्रतीकका रूपमा घरघरमा घट्स्थापना गरी
राखिएको जमरा सोमबार बिहान बिसर्जन गरेपछि दसैं सकिएको हो ।
विजयादशमीका दिनदेखि दुर्गाभवानीको प्रसादका रूपमा टीका लगाउँदा दिई बाँकी रहेको जमरा र जमरा राख्ने गरेको बालुवा माटो आ-आफ्ना घरढोका सामुन्ने 'पिखाः लखु (कुमार देवता)' मा राखी जिसर्जन गरे । राति रातभर जाग्राम वसेर धन्यधान्यकी देवी महालक्ष्मीको पूजा अर्चना गरी कोजाग्रत पूणिर्मा मनाइँदै छ ।
'कोजाग्रत ? (को जागा बस्छ ?)' पूणिर्माको नामले प्रचलित यो पूणिर्माको रातमा घरलाई उज्यालो पारी महालक्ष्मीको पूजा आराधना र भजन गरी रातभर जाग्राम बसेमा महालक्ष्मीले घरमा प्रवेश गर्छन् र घर धनधान्यपूर्ण हुन्छ भन्ने जनविश्वासले त्यसरी रातभर जाग्राम बस्ने परम्परा भएको हो ।
कोज्रागत पूणिर्माकै रातमा वा त्यसको भोलिपल्ट उज्यालो नहुँदै विहान घरको कौशी वा छालामा अग्लो बाँस ठड्याई त्यसमा आकाशदीप बाल्ने चलन छ । आकाशदीपलाई आलोक दीप र नेपालभाषामा आलोक मतः (दीप) पनि भनिन्छ । यो आलोक दीप एक महिनासम्म राख्ने गरिन्छ । प्रचलित जनश्रृतीअनुसार कात्तिक महिना पवित्र महिना भएकाले यस महिनाको अँध्यारो रातमा आकाशचरी, देव, गन्धर्व, किन्नर, सिद्ध ऋषि, आदिले कतै बाटो नभुलोस् भनेर त्यसरी आकाशदीप बालेका हुन् ।
बिहान राजधानीको इन्द्रचोकस्थित आकाशभैरवको मन्दिरअगाडि लिंगो ठडयाई त्यसमाथि इन्द्रको नाममा दीप प्रज्योलित गरियो ।
विजयादशमीका दिनदेखि मान्यजनहरुको हातबाट दुर्गाभवानीको प्रसादको रुपमा टीका थाप्ने कोजाग्रत पूणिर्मासम्म मात्र हो । त्यस्तै कुमारीघरमा जीवित देवीको रुपमा रहेकी कुमारीको हात बाट टीका लगाउने पनि यसै दिन अन्तिम हो । गत असार पूणिर्मादेखि बौद्ध भिक्षुहरुले बस्दै आएको वर्षावास पनि यसै दिनदेखि समाप्त हुन्छ ।
वर्षाको समयमा वर्षा, पहिरो र बाढीले यात्रा अति कष्टकर हुने भएकाले भगवान बुद्धले वर्षको समयभरि एकै ठाउँमा वास बस्ने उपदेश अनुरुप प्रत्येक वर्ष वर्षायाममा भिक्षुहरु वर्षावास बस्ने परम्परा हुँदै आएको हो । वर्षवास सकिनासाथ वर्षावास बसेको गौरवस्वरुप कथिन चिवर दान गर्ने परम्परा पनि रहँदै आएको छ । यस दिन स्वयम्भूमा मेला लाग्ने गरेको छ ।

Source-ekantipur
No comments:
Post a Comment