Monday, October 29, 2012

युवतीद्वारा झुण्डिएर आत्महत्या

कास्की, धार्दिङ घर भई पोखरामा बस्दै आएकी २५ वर्षीया विनिता नेपालीले झुन्डिएर आत्महत्या गरेकी छन् । पोखराको पर्स्याङमा रुद्रबहादुर थापाको घरमा डेरा गरी बस्ने नेपालीले एक तले टिनको छानो भएको घरको बलोमा पासो लगाएर आत्महत्या गरेकी हुन् ।
राति छिमेकी सँगै खाना खाएर सुतेकी नेपालीले बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । मृतकको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।

Source-ekantipur

No comments:

Post a Comment