१९ कात्तिक, काठमाण्डौं । कञ्चनपुरको
भीमदत्तनगरपालिका -२ महुलियाका ४४ वषर्ीय किराना व्यवसायी भूपेन्द्र
पाण्डेय आज मृतावस्थामा फेला परेका छन् ।
उनी भीमदत्तनगर बजारको खाद्य गोदामको
उत्तरतर्फ रहेको कल्भर्ट नजिक मृतावस्थामा फेला परेको वडा प्रहरी कार्यालय
भीमदत्तनगरका प्रहरी निरीक्षक बलराम विष्टले बताउनुभयो । मृतक पाण्डेयको
टाउकामा गहिरो घाउ लागेको जनाइएको छ ।
हत्या वा के भएर मृत्यु भएको भन्नेबारे
अनुसन्धान अगाडि बढाइएको उहाँले बताउनुभयो । पाण्डेय भीमदत्तनगर बजारको
सब्जीमन्डीका व्यवसायी भएको बताइएको छ ।
त्यस्तै दाङको धनौरीमा शनिबार बेलुका
एकजना पुरुष मृतावस्था फेला परेका छन् । इलाका प्रहरी कार्यालय खिलतपुरका
अनुसार धनौरी गाविस- १ चिलरियाका करिब ४८ वषर्ीय दुर्गबहादुर बुढाथोकी
धनौरी ३ धनौराको कुलामा डुबेर मृत अवस्थामा फेला परेका हुन् ।
खेतमा काम गरेर फर्केने क्रममा निजलाई कुलामा मृत अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।
No comments:
Post a Comment