व्यवसायी चिन्तित
१९ कात्तिक, काठमाडौं । तिजको बेला ग्राहक
नभेटेर हैरान भएका सुन व्यवसायी अहिले बेच्ने कुरा नै नभएर निराश छन् ।
ऊबेला भाउ महंगो थियो । बढेको भाऊमा सुन्न किन्न धेरै उपभोक्ता तयार भएनन् ।
तर अहिले भाउ घटेको छ । तिहार र बिहेको सिजन आउन लागेको कारण सुन पसलमा
उपभोक्ता ओइरिन थालेका छन् । तर उपभोक्ताले खोजे अनुसार पसलमा सुन छैन ।
‘प्रयाप्त सुन नपाउँदा कारोबार हुन सकेको
छैन’ नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भन्नुभयो
-’वितरण प्रणाली प्रभावकारी बनाउने पहल गरिदिन राष्ट्रबैंकसंग आग्रह गरिएको
छ ।’
तर बाणिज्य बैंक मार्फत वितरण हुने सुनको
कोटा १५ किलो मात्रै छ । त्यसमा पनि माग गरेको बेला पाउने अवस्था नरहेको
व्यवसायीले बताएका छन् । माग अनुसार वितरण हुन नसक्दा भाउ पनि झण्डै एक
महिना यता खासै घटबढ भएको छैन । सुन बैंकमार्फत ल्याईने भएपनि चाँदी भने
व्यवसायीले आफै ल्याउने भएकाले चाँदीको वितरणमा भने कुनै समस्या छैन । माग र
वितरण सन्तुलित रहेकाले चाँदीको भाउमा पनि लामो समय सम्म खासै अन्तर परेको
छैन ।
तीजको बेला तोलाको ६१ हजार नाघेको सुनको भाउ अहिले ५९ हजारको हाराहारीमा छ । सुन कारोबारको लागि अहिले उपयुक्त सिजन हो ।
source-onlinekhabar
No comments:
Post a Comment