Thursday, November 1, 2012

पार्टी निर्णयमा कांग्रेस पूर्वसभासद्हरुको चुनौति

७८ जना पूर्व सभासदहरु पुर्नस्थापनाको पक्षमा

काठमाडौ, कार्तिक १६ - पार्टी निर्णयलाई चुनौति दिँदै कांग्रेसका पूर्व सभासद्हरुले संविधानसभा पुर्नस्थापनाकै माग उठाएका छन् । ७८ जना पूर्व सभासद्ले बिहीबार विज्ञप्ती जारी गर्दै उनीहरुले सहमतिको आधारमा संविधान जारी गरेपछि निर्वाचन गरिनु उपयुक्त हुने बताएका छन् ।

उनीहरुले सबै राजनीतिक दलबीच संविधानका विवादित विषयमा सहमति जुटाई छोटो समयका लागि संविधानसभा पुर्नस्थापना गरेर संविधान जारी गर्न माग गरेका छन् ।
संविधानसभा विघट्न लगत्तै कांग्रेसका शोभाकर पराजुली, कमला पन्त, मोहन पाण्डे, जीवन प्रेम श्रेष्ठ लगायत पूर्व सभासदहरुले पुर्नस्थापनाको लविङ गर्दै आएका थिए । बुधबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनमा जाने आधिकारिक निर्णय लिएपछि उनीहरुले त्यसप्रति असन्तुष्टि जनाएका हुन् । विज्ञप्तीमा ७८ जना सभासद भनिएपनि उनीहरुको नाम खुलाइएको छैन ।
जननिर्वाचित जनप्रतिनिधि मार्फत मुलुक चल्नुपर्छ भनने मान्यता बोकेको कांग्रेसले कार्यकारिणी मार्फत संविधान संशोधन गर्न सकिन्छ भन्ने निर्णय गर्दा आफूहरु आश्चर्य चकित भएको विज्ञप्तीमा उल्लेख छ ।
असन्तुष्ट पूर्व सभासदहरुले आफूहरु निर्वाचनको बिरोधमा नरहेको भन्दै सहमतिका आधारमा संविधान जारी गरी संविधानमा भएको व्यवस्था अनुरुपको निर्वाचनका पक्षमा रहेको प्रष्ट्याएका छन् ।

Source-Ekantipur

 

No comments:

Post a Comment