काठमाडौं , कार्तिक १६ -
गतिरोध अन्त्य गर्न छलफल प्रारम्भ गरेका प्रमुख दलका शीर्ष नेताहरु नै सहमतिमा विश्वस्त देखिएका छैनन् ।
एक तृतीयांश बजेट सकिन लागेकाले सहमति गर्नैपर्ने बाध्यतामा रहे पनि शीर्ष नेताहरु नै आशावादी छैनन् । बिहीबार एमाले नेता कृष्णलाल महर्जनको निवासमा बसेको बैठकपछि बाहिरिएका नेताहरु छलफल जारी रहे पनि सहमतिको सम्भावनाबारे प्रस्ट भएनन् ।
एमाले अध्यक्ष झलनाथ खनालले छलफल विभिन्न विषयमा केन्द्रित भए पनि सहमति नजिक पुग्न नसकिएको जानकारी दिए । 'कुरा केही पनि मिलेका छैन,' खनालले संवाददाताहरुसित भने, 'भोलि फेरि कोसिस गर्छौं ।'
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका अनुसार बैठकमा निर्वाचनको मिति, नयाँ संविधानसभाको सदस्य संख्या, संविधानसभा संशोधन र राष्ट्रिय सहमतिको सरकारका विषयमा छलफल भएको छ । 'सहमतिका लागि भोलि फेरि बस्छौं,' उनले भने, 'छलफल सकारात्मक छ ।'
कांग्रेस सभापति सुशील कोइरालाले सहमतिका लागि सवै विकल्पमा छलफल भए पनि सहमतिको सम्भावनाबारे केही बोलेनन् । 'सहमतिको विकल्प छैन,' उनले भने, 'अहिल्यै भन्न सकिन्न ।' कोइरालाले सहमतिका लागि एमाले बरिष्ठ नेता माधवकुमार नेपालको सात बुँदे अवधारणापत्रमा छलफल भएको जानकारी दिए ।
बैठकमा एमाओवादी, कांग्रेस, एमाले र मधेसी मेार्चाका शीर्ष नेताहरु सहभागी थिए ।

Source-ekantipur
No comments:
Post a Comment