काठमाडौ, कार्तिक १६ -
सिलिन्डरबाट आगलागी हुँदा मंगलबार नयाँबानेश्वरमा २ जना घाइते भएका छन् ।
उनीहरूको ललितपुरको हरिसिद्धिस्थित नेपाल प्लास्टिक सर्जरी अस्पतालमा उपचार
भइरहेको छ ।
आगलागीबाट आइकालु मिट सेन्टरसँगै रहेको लिटिल काठमाडौं स्टिक फुड नामक फास्टफुडका सञ्चालक मानबहादुर लामा र कामदार जितबहादुर तामाङ घाइते भएका हुन् ।
लामाका अनुसार सिलिन्डर लिकेज भएका कारण आगलागी भएको हो । 'बाहिरको चुलोमा प्रयोग भइरहेको ग्यासभित्रको चुलामा लैजान रेगुलेटर खोल्नसाथ सिलिन्डरको मुखबाट ह्वारह्वार्ती ग्यास निस्कियो र आगलागी भयो,' लामाले भने, 'मसहित २ जनाको ७५ प्रतिशत शरीर डढेको छ ।'
उक्त फास्टफुडका कुक बच्चुकुमार शर्माले भित्र रहेको मुख्य चुलोमा प्रयोग भइरहेको बाबा ग्यासको सिलिन्डर सकिएपछि बाहिरको ल्याउन खोज्दा आगो लागेको बताए ।
'भित्र भान्सामा ग्यास सकिएपछि बाहिर ससेज तारिरहेको ग्यास ल्याउन भने,' उनले भने, 'साहूजी आफैं ग्यास लिन जानुभयो र आगलागीमा पर्नुभयो ।' शर्माले सिलिन्डरको भल्भ लिकेज भएर आगलागी भएको दाबी गरे ।
बाबा ग्यासका सञ्चालक एलपी ग्यास उद्योग संघका अध्यक्ष हरि पाठक हुन् । उनले पीडितलाई क्षतिपूर्ति दिलाउन बिमाका लागि पहल भइरहेको जानकारी दिए ।
'कम्पनीले पीडितलाई क्षतिपूर्ति दिलाउन बिमाका लागि पहल सुरु गरिसकेको छ,' उनले भने, 'सिलिन्डरको कमजोरीका कारण आगलागी भएको हो भने पीडितले उचित क्षतिपूर्ति पाउँछन् ।'
आगलागीको कारण ठानिएको सिलिन्डरको भल्भ भने परीक्षण गरिएको छैन । पीडितले क्षतिपूर्ति पाउन उक्त सिलिन्डर वा भल्भमा परीक्षणबाट त्रुटि भेटिनुपर्छ । बाबा ग्यासले सिलिन्डर वा रेगुलेटरका कारण आगलागी भए १० लाख रुपैयाँसम्मको तेस्रो पक्ष बिमा गरेको छ । 'हरेक ग्यास उद्योगले तेस्रो पक्ष बिमा गरेको हुन्छ,' अध्यक्ष पाठकले भने ।
आयल निगमले तेस्रो पक्ष बिमा रकम तोकेको छैन । 'निगमले ग्यास सिलिन्डर लिकेज हुनै हुन्न भन्छ,' निगम प्रवक्ता मुकुन्दप्रसाद ढुंगेलले भने, 'यदि सिलिन्डरको खराबीका कारण आगलागी भएको हो भने पीडितले क्षतिपूर्तिका लागि सम्बन्धित कम्पनीमा सम्पर्क गर्नुपर्छ ।'
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले क्षतिपूर्तिका लागि पीडितले प्रमाण सुरक्षित राखी वाणिज्य विभाग र काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुपर्ने बताए ।

Source-ekantipur
No comments:
Post a Comment