Tuesday, October 30, 2012

आमाबाबुको आत्महत्यापछि छोराछोरीको बिचल्ली

भोजपुर, कार्तिक १४ - दक्षिणी भोजपुरको बासिखोरामा चारदिनअघि आमा र बाबुले एकै दिन एकै ठाउँमा झुण्डिएर आत्महत्या गरेपछि छोराछोरीको बिचल्ली भएको छ ।
बासिखोरा-४ खैलुङका ४४ वर्षीया रामश्वरी राई र उनका ४० वर्षीय पति रसमान राईले घरको बोलेमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनीहरूले एक्कासि आत्महत्या गरेकोमा छरछिमेकी तथा परिवार चकित भएका छन् । राई दम्पतीको मृत्यु भएपछि  छोराछोरीको बिचल्ली भएको हो । उनीहरूको नाबालक छोरी ११ वर्षीया पर्मिला राई, अर्का ८ वर्षीय छोरा र ५ वर्षीया छोरीको बिचल्ली भएको छ । जठी छोरी स्थानीय भीमेश्वरी निमाविमा कक्षा ७ मा अध्यायनरत छिन् ।
दम्पतीले छोराछोरीलाई दसैंमा मावली पठाएको मौकामा आत्महत्या गरेका थिए । आत्महत्या गर्नुपर्ने कारण बारे स्थानीय बासिन्दा तथा प्रहरीले अनुमान गर्न सकेका छैनन् । मृतकको शव जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ । उनीहरूको आत्महत्या घटना रहस्यमय भएकाले अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक युवनारायण बैध्ले बताए । बिचल्लीमा परेका छोराछोरीलाई छिमेकीको शरणमा राखिएको स्थानीय भोजमान श्रेष्ठले बताए । 

Source-ekantipur

No comments:

Post a Comment