विराटनगर, कार्तिक १३ -
कांग्रेसको सुनसरी, इटहरी नगर सभापति हेमकर्ण पौडेल र नेविसंघ केन्द्रीय सदस्य सूर्य राईसहितको समूहले अपहरण गरी कुटपीट गर्दै मुक्तिवापत अढाइ लाख फिरौती लिएको आरोप एक युवकले लगाएका छन् ।
घाइते अवस्थामा इटहरी–८ का २५ वर्षीय दुर्गाबहादुर अधिकारीले आइतवार यहाँ पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । गत मंगलवार बेलुकी ‘काम छ’ भन्दै फोन गरेर घरबाट बोलाई आँखामा पट्टी लगाइ अज्ञात स्थलमा लगेर कुटपिट गर्दै रिहाइका लागि ५ लाख माग गरेकोमा तत्काल दाजु केदार अधिकारीलाई बोलाई अढाइ लाख लगेको उनले बताए ।
‘मलाई नाङ्गेझार पारेर सख्त घाइते हुनेगरि कुटे, भिडियो खिचे । मार्ने धम्की पनि दिए,’ दुर्गाले भने, ‘दाजुले अढाइ लाख दिएपछि छाडेपनि धम्की आउन छाडेको छैन ।’ घटना सार्वजनिक गरे सपरिवार सखाप पार्ने धम्की दिएकाले विराटनगरमा आएर पत्रकार सम्मेलन गर्नु परेको बताएका उनले पौडेल र राईसँग त्यसअघि कुनै पनि व्यक्तिगत रीसइवी नरहेको बताए ।
उनले भने ‘उनीहरूको धन्दै रहेछ मान्छे नियन्त्रणमा लिने, अनि फिरौती असुली गरेर छाड्ने ।’ इटहरी क्षेत्रमा उनीहरूको समूहको दबदबा भएका कारण ज्यान जोखिममा परेको दावी अधिकारीले गरे । अधिकारीका जीउभरि नीलडाम र घाउ छन् ।
उता, पौडेलले भने आफूहरूले त्यस्तो नगरेको दावी गरेका छन् । उनले भने ‘यो तास खेल्दाको विवाद हो । दुर्गाले जित्ने मान्छे साथ लिएर आएको रहेछ । त्यसले झेल गरेर धेरै मारेपछि विवाद भएको हो ।’
पौडेलले पनि उक्त विषयमा आइतवार साँझ इटहरीमा पत्रकार सम्मेन गरेका छन् । सम्मेलनमा उनले आफूहरू निर्दोष रहेको दावी गरे । असुरक्षाका कारण इटहरी प्रहरीमा जान नसकेको बताएका अधिकारीको उजुरी आइतवार अबेरसम्म पनि इनरुवास्थित जिल्ला प्रहरी कार्यालय सुनसरीले दर्ता गरिसकेको छैन ।

source-ekantipur
No comments:
Post a Comment