Monday, October 29, 2012

फोरम नेता जैसवालद्वारा आत्महत्या

१३ कात्तिक, झापा । मधेसी जनअधिकार फोरम (भाग्यनाथ गुप्ता समूह)को भ्रातृ सङ्गठन मधेसी युवा फोरम मधेसका केन्द्रीय अध्यक्ष कैलाश चौधरी जैसवालले आत्महत्या गरेका छन् ।
भद्रपुर-८ निवासी ३८ वर्षीय चौधरीले शनिबार अपरान्ह ४:३० बजे आफ्नै साइकल पसलभित्र झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जैसवालको एक श्रीमती र दुई छोरा छन् । आत्महत्याको बेला श्रीमती दुई छोरासहित भारतको सिलगुढीस्थित माइती गएकी थिइन् ।
आत्महत्याको भोलिपल्ट सोमबार जैसवालको कोठाबाट एक प्रहरीले टिपोट फेला पारेको छ । पारिवारिक स्रोतका अनुसार जैसवाल केही दिनअघिदेखि राजनीतिक विषयका कारण तनावमा थिए ।

Source-onlinekhabar

No comments:

Post a Comment