१३ कात्तिक, काठमाण्डौं । दूरसञ्चार क्षेत्रको पूर्वाधार मात्र विकास गर्नेगरी सरकारले छुट्टै कम्पनी सञ्चालन गर्न दिने भएको छ ।
सञ्चार मन्त्रालयको सिफारिसमा हालै
मन्त्रिपरिषदले पारित गरेको ‘दूरसञ्चार पूर्वाधार निर्माण आदेश’ अनुसार
मोवाइलका टावर, अप्टिकल फाइबर सञ्चालन मात्र गर्नेगरी अलग्गै कम्पनी
लाइसेन्स दिने बाटो खुलेको खबर नागरिक दैनिकले छापेको छ ।
अहिलेसम्म टावर, अप्टिकल फाइबर जस्ता
दूरसञ्चारका पूर्वाधार सेवा नै सञ्चालन गर्नेगरी सम्बन्धित कम्पनीलेमात्र
स्थापना गर्न पाउने व्यवस्था थियो ।
मन्त्रिपरिषद्ले पारित गरेको नीतिअनुसार
दूरसञ्चार सेवाका पूर्वाधार बनाएर कुनै कम्पनीले भाडामा लगाउन सक्नेछन् ।
त्यस्ता कम्पनीले दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई टावर र फाइबर भाडामा
लगाएर आम्दानी गर्न सक्ने छ ।
No comments:
Post a Comment