२० कात्तिक, काठमाण्डौं । सहरको कुन
ठाउँमा प्रदूषण भएको छ ? कुन कम्पनीले कति प्रदूषण गरिरहेको छ ? यी
प्रश्नको जवाफ अव सजिलै पाइने भएको छ ।
अमेरिकास्थित
एरिजोना स्टेट युनिभर्सिटीका वैज्ञानिकहरुले लामो प्रयासपछि सफ्टवेयर
निर्माण गरेका हुन, जसलाई ‘हेस्टिना’ नाम दिइएको छ । अनुसन्धानकर्ताका
अनुसार यो प्रणाली जडानले सवैभन्दा बढी प्रभावित क्षेत्र पहिचान गर्न सहयोग
पुग्ने छ । सफ्टवेयरले गल्ली, घर, कारखानालगायतबाट उत्सजर्न हुने कार्वनको
मापन गर्ने छ ।
यस्तो सफ्टवेयरको माध्यमबाट आफ्नो
क्षेत्रमा हुने प्रदूषणको मात्रा थाहा हुने र यसको न्यूनीकरणबारे सुझाव
उपलब्ध हुनेछ । यो सफ्टवेयरको मद्धतले सहर, टोल, औद्योगिक क्षेत्रमा भएको
प्रदूषणको मात्रा पत्ता लाग्ने विश्वास वैज्ञानिकको रहेको खबर राजधानीले
छापेको छ ।
Source-onlinekhabar
No comments:
Post a Comment