फेसबुकमा नेपाली प्रयोगकर्ताहरुको संख्या १९ लाख १९ हजार नाघेको छ ।
सामाजिक सञ्चालबारे अध्ययन गर्ने संस्था सोशल बेकर्सका अनुसार यदि हरेक
प्रोफाइललाई एक जीवित व्यक्तिका रुपमा गणना गर्ने हो भने नेपालको कुल
जनसंख्याको ६ दशमलव ६३ प्रतिशत मानिसले फेसबुक प्रयोग गर्ने गरेका छन् ।
फेसबुक प्रयोगकर्ताहरुमा सबैभन्दा बढी १८ देखि २४ वर्ष उमेर समूहका छन् ।
फेसबुक प्रयोयकर्तामा यो उमेर समूहका नेपाली ९ लाख २ हजार छन् । त्यसपछि २५
देखि ३४ वर्ष उमेर समूहका छन् । फेसबुकमा महिलाको तुलनामा पुरुषको संख्या
बढी छ ।
No comments:
Post a Comment