Sunday, November 11, 2012

सावधान! एकै क्लिकले तपाईँको पैसा लुटिएला


 के तपाईँ नेपाली बैँकहरुको इ बैँकिङ सेवा चलाउनु हुन्छ? त्यसो भए सावधान है। आजभोलि साइबर अपराधीहरुले तपाईँको इमेलमा बैँकको नाममा झुट्टा  इमेलहरु पठाई तपाईँबाट पासवर्ड थुत्ने प्रयास गरिरहेका छन्। इमेलमा तपाईँको अकाउन्ट डिसेबल गरिएको, सस्पेन्ड गरिएको र पुनः चालु गर्नका लागि फलानो लिङ्कमा गएर आफ्नो युजरनेम र पासपवर्ड हान्नुस् भनिएको हुन्छ। त्यो लिङ्कमा गएर आफ्नो विवरण हाल्नुभयो भने तपाईँ डुब्नुभयो।

किनभने त्यो लिङ्क बैँकको हैन, तिनै साइबर अपराधीहरुको हुन्छ। हेर्दा दुरुस्तै बैँककै साइट जस्तै बनाएका हुन्छन् उनीहरुले साइट। बैँककै लोगो राखेका हुन्छन्, उस्तै डिजाइन हुन्छ। प्राविधिक भाषामा यसलाई स्पूफ वा फिसिङ वेबसाइट भनिन्छ। यो गैरकानुनी हो।
तर जब तपाईँले त्यसमा आफ्ना पासवर्डसहितका विवरणहरु भर्नुहुन्छ, त्यो उनै लुटेराहरुकहाँ पुग्छ। त्यसपछि तपाईँको पासवर्ड लिएर उनीहरुले तपाईँको खाताको रकम एकै सेकेन्डमा उनीहरुकोमा ट्रान्सफर गर्न सक्छन्।
यो साइट हेर्नुस्, ठ्याक्कै नबिल बैँकको जस्तो देखिन्छ। तर ध्यान दिएर एड्रेस बार हेर्नुस् त, यो नबिल बैँकको हैन त्यसमा http://nabil-web-css.com/active/nabil.htm पो लेखिएको छ।

नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गर्दै अहिले नेपाली बैँकहरुको नाममा यस्ता इमेल व्यापक सर्कुलेट गरिएको छ। सामान्य इन्टरनेट चलाउन जान्नेहरुलाई राम्रैसँग झुक्याउन सकिने भएकोले त्यो गिरोहले कयौँको पासवर्ड आफ्नो नियन्त्रणमा लिएको हुनसक्ने अनुमान पनि गर्न सकिन्छ।
नबिल बैँकका ग्राहकलाई झुक्याउन पठाइएको फेक इमेल-
इन्भेस्टमेन्ट बैँकका ग्राहकलाई झुक्याउन पठाइएको फेक इमेल-
शायद् त्यही भएर नेपाल इन्भेस्टमेन्ट बैँकले त आफ्ना इ बैँकिङ ग्राहकहरुको खाताबाट कारोबार नै रोकेको छ। इ बैँकिङबाट कारोबार गर्न कस्टमर सर्भिस डेस्कमा सम्पर्क गर्न बैँकले आफ्नो वेबसाइटमा सूचना राखेको छ।

ध्यान दिनुस्

इ बैँकिङ प्रयोग गर्नुहुन्छ भने ध्यान दिनुस्, तपाईँको पासवर्ड कहिले पनि बैँकले इमेल पठाएर माग्दैन। तपाईँलाई इमेल गरी पासवर्ड अपडेट गर्न पनि कहिले भन्दैन। इ बैँकिङ प्रयोग गर्दा नै तपाईँलाई यसबारे जानकारीसहितको पत्र दिइएको हुन्छ। तर हामीमध्ये धेरैको यस्तो पढ्ने बानी हुँदैन। बैँकले राखेका शर्तहरुमा केही गरी तपाईँको पासवर्ड त्यसरी गलत प्रयोग गरेर हानी भयो भने पनि तपाईँ आफै दोषी हुनुपर्ने लेखिएको हुन्छ। त्यसैले सावधानी हामी आफैले अपनाउनु पर्छ।
सबैभन्दा पहिला इमेलमा आएको लिङ्कमा क्लिक गरेर कहिले पनि इबैँकिङ प्रयोग नगर्नुस्। दोस्रो इबैँकिङ प्रयोग गर्दा सँधै एड्रेस बारमा बैँककै ठेगाना छ कि छैन ध्यान दिएर हेर्नुस्। तेस्रो, साइट सेक्योर हो कि हैन हेर्नुस्। सेक्योर साइटमा https:// हुने गर्छ। त्यो भन्दा अघि साँचो लगाएको जस्तो चिह्न पनि हुने गर्छ।
इन्भेस्टमेन्ट बैँकले आफ्ना ग्राहकहरुलाई एउटा इमेल पनि पठाउँदै यस्ता फेक/स्पाम मेलबाट सावधान रहन भनिएको छ।
इमेलको विवरण
Dear Valued Customer,
Please be aware of fake/spam emails that are being circulated by fraudsters (impersonating NIBL) to steal your eBanking Username and Passwords citing some urgent security issues. These fake emails have links supposedly to enable/update/unlock eBanking details which when clicked opens a webpage (with look and feel similar to NIBL eBanking login page) asking for your eBanking Username and Passwords.
Never ever provide your username and passwords to these pages.
Please be reminded that NIBL never asks you to change or share your Username and Passwords through emails.
Please do not reveal your passwords to links in these fake emails. Please do not share your passwords to anyone. NIBL will not be held liable if you reveal your passwords either knowingly or unknowingly to unauthorized sites/users.
Please ensure the following while logging in,
Type your Username and Password only in https://www.nibl.com.np web address. Please notice https (https stands for secured website).
Do not enter login or other sensitive information in any pop up window.
Please verify the security certificate by clicking on the padlock icon (in the address bar as shown below).
Please refer to the image below to identify the correct web address for NIBL eBanking.
For more information,
Regarding safety tips
Recognizing and reporting phishing emails
Please communicate this message to all your friends and colleagues.
Nepal Investment Bank Limited
Note:
Should you require any further information or assistance, please contact Customer Service Department at your nearest NIBL Branch office

No comments:

Post a Comment