Monday, November 5, 2012

हिमालयन शेर्पा सफल पोखरा कप फुटबलको सेमिफाइनलमा

२० कात्तिक, काठमाडौं । बंगलादेशको २३ वर्षमुनीको राष्ट्रिय टोलीलाई सडन डेथमा पराजित गर्दै हिमालयन शेर्पा क्लब सफल पोखरा कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित र अतिरित्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा दुबै टोलीले ४-४ गोल गरेपछि सडन डेथमा पुगेको खेलमा हिमालयन शेर्पाले बाजी मारेको हो ।
पोखरा रंगशालामा सोमबार भएको खेलमा बंगलादेशको २३ वर्षमुनीको राष्ट्रिय टोलीले हिमालयन शेर्पाको आत्माघाति गोलबाट सुरुवाति अग्रता लिएर पनि जोगाउन सकेन । खेलको २५ औं मिनेटमा मोकारक होसुनको कर्नर प्रहारमा हिमालयन शेर्पाको खेलाडीले आत्माघाति गोल गरेका हुन् ।
त्यसपछि दबावमा आएको हिमालयन शेर्पाले दोस्रो हापको सुरुमा नै बराबरी गोल फर्कायो । ४८ औं मिनेटमा सचिन्द्र धिमालले बराबरी गोल फर्काए । त्यसपछि निर्धारित ९० मा थप गोल नथएपछि थपिएको ३० मिनेटमा बंगलादेशी टोलीले पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन ९५ औं मिनेटमा अलामले हानेको पेनाल्टी हिमालयन शेर्पाका गोल रक्षक विनय श्रेष्ठले रोकेका थिए ।
हिमालयन शेर्पा रानीपोखरी कर्नर टिम आरसीटीलाई टाइब्रेकरमा पराजित गर्दै क्वाटरफाइनल पुगेको थियो भने बंगलादेशी टोलीले बाई पाएको हो ।

Source-onlinekhabar

No comments:

Post a Comment