२० कात्तिक, काठमाडौं । तिहार आउनै लाग्यो
। भक्तपुर नगरका प्रजापती समुदायलाई माटाका पाला बनाउन भ्याई नभ्याई छ ।
माटाका भाँडा बनाउने क्षेत्र बोलाछेका प्रजापती समुदायले अहिले पालाको
मागअनुसार दिन सकेका छैनन् ।
अन्य समयमा दैनिक दुई दर्जन पनि बिक्रि
नहुने पालाहरु अहिले तिहारको सिजनले दैनिक तिनहजारसम्म विक्री हुने
ब्यापारीहरुको भनाइ छ ।’अर्डर अनुसार पाला बनाउन सकेका छैनौँ, पुख्यौली
पेशा सम्हाल्दै भक्तपुर बोलाछेका विश्वराम प्रजापतीले भने – ‘माग अनुसारको
पाला बनाउनका लागि अहिले परिवारका सबै सदस्य अन्य काम छाडेर पाला बनाउन
लागेका छौं । ‘
सबैभन्दा सानो पाला सय रुपैयाँको ९० वटा,
त्यो भन्दा ठुलो ३ रुपैयाँको त्यसपछि ६ रुपैयाँको एउटा र सबै भन्दा ठुलो
पालाको १० रुपैयाँ पर्छ । भक्तपुरमा बनेको पालाहरु काभ्रे, काठमाडौं,
ललितपुर मात्र नभई तराईका जिल्लामा समेत खपत हुन्छ ।
Source-onlinekhabar
No comments:
Post a Comment