Thursday, November 22, 2012

बसको ठक्करबाट एक युवकको मृत्यु

        दाङको तुलसीपुर-अमिलिया सडकखण्डमा बसले ठक्कर दिंदा एक युवकको मृत्यु भएको छ । तुलसीपुरबाट फूलबारी गाबिसको दमारगाउँतर्फ  जाँदै गरेको ना ३ ख ८०० नम्बरको बसले बुधबार राति रजौरामा ठक्कर दिंदा उरहरी गाबिस २ गरगरियाका १९ वर्षीय राजु नेपालीको मृत्यु भएको हो ।
बसको ठक्करबाट नेपालीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment