सिड्नी । नेपालको सिनेमा उद्योगमा अष्ट्रेलियामा रहेका नेपालीहरुको लगानी बढ्दै गएको छ ।
पछिल्लोपटक यहाँस्थित एएलपी इन्टरनेन्मेन्टको लगानीमा नेपाली चलचित्र ‘ऋतु’ बनिरहेको छ । जसको निर्माणमा हातेमालो गरिरहेका छन अमेरिकी कम्पनी ‘प्लानेट थ्री फिल्म्स’ र नेपालको अपिल बिष्ट फिल्मले ।
सम्बृद्धिको
प्यास बोकेका नेपालका युवा पुस्ताको संर्घष, हाँसो, रुवाई र सफलताका कथा
समेटिएको चलचित्र ‘ऋतु’को ९० प्रतिशत सुटिङ सिड्नी र एडलेडमा हुने छ भने
बाँकी १० प्रतिशत काठमाण्डौमा हुने छ । निर्माण पक्षले हालैमात्र फिल्मको
पोष्टर सार्वजनिक गरेको छ ।
फिल्मका पब्लिसिटी डिजाइनर स्वप्निल आचार्यका सन् २०१३ को जाडोयाममा फिल्म प्रर्दशन हुनेछ । मनोज अधिकारीले पहिलोपटक निर्देशन गर्न लागेको फिल्मको कथा सन्दीप बडालले लेखेका हुन् । बडाल काठमाण्डौंमा भएको फिल्म स्क्रिप्ट लेखन प्रतियोगितामा रनरअप भएका थिए । फिल्ममा चर्चित गजल गायक शिव परियार पप गायक सुदीप गिरीले संगीत दिनेछन भने अष्ट्रेलियामै रहेका साहित्यकार निष्प्रभ सजीले गीत लेखेका छन् ।
यसअघि अष्ट्रेलियाबाटै गणेश केसीको लगानीमा ‘डेष्टिनेसन काठमाण्डु’ बनेको थियो भने स्वतन्त्र शाहको लगानीमा ‘फेसबुक’ बनेको थियो ।
पछिल्लोपटक यहाँस्थित एएलपी इन्टरनेन्मेन्टको लगानीमा नेपाली चलचित्र ‘ऋतु’ बनिरहेको छ । जसको निर्माणमा हातेमालो गरिरहेका छन अमेरिकी कम्पनी ‘प्लानेट थ्री फिल्म्स’ र नेपालको अपिल बिष्ट फिल्मले ।
सम्बृद्धिको
प्यास बोकेका नेपालका युवा पुस्ताको संर्घष, हाँसो, रुवाई र सफलताका कथा
समेटिएको चलचित्र ‘ऋतु’को ९० प्रतिशत सुटिङ सिड्नी र एडलेडमा हुने छ भने
बाँकी १० प्रतिशत काठमाण्डौमा हुने छ । निर्माण पक्षले हालैमात्र फिल्मको
पोष्टर सार्वजनिक गरेको छ ।फिल्मका पब्लिसिटी डिजाइनर स्वप्निल आचार्यका सन् २०१३ को जाडोयाममा फिल्म प्रर्दशन हुनेछ । मनोज अधिकारीले पहिलोपटक निर्देशन गर्न लागेको फिल्मको कथा सन्दीप बडालले लेखेका हुन् । बडाल काठमाण्डौंमा भएको फिल्म स्क्रिप्ट लेखन प्रतियोगितामा रनरअप भएका थिए । फिल्ममा चर्चित गजल गायक शिव परियार पप गायक सुदीप गिरीले संगीत दिनेछन भने अष्ट्रेलियामै रहेका साहित्यकार निष्प्रभ सजीले गीत लेखेका छन् ।
यसअघि अष्ट्रेलियाबाटै गणेश केसीको लगानीमा ‘डेष्टिनेसन काठमाण्डु’ बनेको थियो भने स्वतन्त्र शाहको लगानीमा ‘फेसबुक’ बनेको थियो ।
Source-onlinekhabar
No comments:
Post a Comment