Tuesday, October 30, 2012

२६ जुवाडे पक्राउ

डडेल्धुरा, कार्तिक १४- प्रहरी गएराति डडेल्धुराका बिभिन्न क्षेत्रबाट जुवा खेलिरहेको २६ जनालाई पक्राउ गरेको छ। राती प्रहरीले बगरकोट, आइतगाउँ र सदरमुकाम क्षेत्रमा छापा हानी २६ जना जुवाडेलाई पक्राउ गरेको हो।

बगरकोटमा जुवा खेलिरहेको अवस्थामा देवलदिब्यपुर-४का यज्ञराज पन्त, बगरकोट-७का तारा बिष्ट, शेरसिंह कार्की, अनपा-५का गणेश राई र राजेन्द्र बिसि पक्राउ परेका हुन्।

आइतगाउँमा जुवा खेलिरहेका अनपा-४का भुपेन्द्र बिष्ट, बिमल बिष्ट, राजप्रसाद भट्ट, धर्म साउँद, ललित बिष्ट, उद्दब बिष्ट, मोहन साउँद, श्याम साउँद, हरीलाल भट्ट, अकाश सुनार, साउगर रावल, किरण हमाल, कृष्ण साउँद, मुकेश रावल र सदरमुकाम रहेकेा खप्तड दोहरी साँझबाट अनपा-५का टिकादत्त भट्ट, सुरज ओली, उद्धबराज जोशी, खडक बोहरा, डम्बर जोशी, यज्ञराज भट्ट र कैलाली गेटा-३का दिर्घराज फुलारा पक्राउ परेका हुन।

पक्राउहरु परेका जुवाडेसँग करिब ३२ हजार नगद समेत फेलापरेको जिल्ला प्रहरी कार्याय डडेल्धुराले जनाएको छ। सबैलाई जुवा ऐन अर्न्तगत कारबाही गरिने प्रहरी नायब उपरिक्षक कृष्ण प्रसाईले बताए।

Source-nagariknews

No comments:

Post a Comment