Thursday, November 1, 2012

एमालेको आपत्ति- राज्यकोष दुरुप्रयोगको घिनलाग्दो नमुना

काठमाडौं, कार्तिक १६ - अनमिनले आयोग्य प्रमाणित गरेका पूर्वलडाकुलाई जनही दुई लाख रुपैयाू दिने सरकारको निर्णयको एमालेले विरोध गरेको छ । अध्यक्ष झलनाथ खनालले बिहीबार विज्ञप्ति जारी गरी सरकारले नीतिगत भ्रष्टाचार गरेको दाबी गर्दै फिर्ता लिन आग्रह गरेका हुन् । 'विस्तृत शान्ति सम्झौता, नेपाल सरकार र अनमिनबीच भएको सहमति समेतका आधारमा अनमिनद्वारा अयोग्य प्रमाणित गरिएका करिब तीन हजार पूर्वलडाकुहरूलाई जनही दुई लाख रुपैयाँ दिने सरकारको निर्णयप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । बाल सैन्य भर्ती गर्न नपाइने अन्तर्राष्ट्रिय अभिसन्धिविपरीत उमेर नपुगेका व्यक्तिहरूलाई लडाकुका रूपमा स्थापित गर्ने र लडाकु समेत नरहेकालाई लडाकु सरह मान्यता दिन सरकारले गरेको यो निर्णय मानव अधिकार विरोधी कदम, नीतिगत भ्रष्टाचार र राज्यकोष दुरुपयोगको घिनलाग्दो नमुना हो,' विज्ञप्तिमा उल्लेख छ, 'हाम्रो पार्टीर् राज्यकोषबाट करिब ६० करोड रुपैयाँ बाँडेर अयोग्य लडाकुहरूलाई आफ्नो राजनीतिक स्वार्थका निम्ति दुरुपयोग गर्ने एमाओवादी नेतृत्वमा सञ्चालित सरकारको भ्रष्ट एवं घृणित कार्यको घोर विरोध गर्छ ।'

Source-Ekantipur

No comments:

Post a Comment