Tuesday, October 30, 2012

पशुपतिमा आज बिहान भर्खर जन्मिएकी एक बालिकाको लाश भेटियो

काठमाडौँ, कात्तिक १४ (नागरिक)- पशुपति मन्दिर नजिकैको क्रियापुत्री भवन पछाडि बाग्मती खोलाको किनारमा आज बिहान भर्खर जन्मिएकी एक बालिका मृत अवस्थामा भेटिएको छ।

बिहान साढे १० बजे फेला परेको शवबारे प्रहरीले अनुसन्धान गर्दैछ।
त्यसैगरी भक्तपुर थिमि बस्ने सिन्धुपाल्चोक सवई खाडीचौर घर भएका अन्दाजी २४ वर्षीय माइला भुजेल कृषि विकास बैंक पछाडि रहेको खेत नजिक छाप्रोमा आज ११:२० बजे मृत अवस्थामा फेला परेका छन्।
उता, रोल्पाको राक-१ रातामाटास्थित स्काई टेलिफोनको टावरको २ तले घरमा राका-७ बस्ने १८ वर्षीय मानसिंह वली र १७ वर्षीय देवराज वली उक्त घरको माथिल्लो तलामा सुतेकोमा टावरको पाले गई हेर्दा आज बिहान ८:२० बजे मृत अवस्थामा फेला परेका छन्। उनीहरू पालेको आफन्त पर्ने भन्ने बुझिएको छ।
त्यस्तै, नवलपरासीको नर्सही-६ जर्लहीया बस्ने ३८ वर्षीय मनबहादुर गुरुङ त्रिवेणी पुल नजिकै नारायणी नदीमा डुबेर मृत्यु भएको अवस्थामा आज बिहान साढे ८ बजे फेला परेका छन्।

Source-nagariknews

No comments:

Post a Comment