अमर खड्का, इटहरी, कात्तिक १३- नेटवर्किङ् धन्दा सञ्चालन गरेजस्तै गरी
अग्रीम विद्यार्थीबाट गैरकानुनी तरिकाले रकम असुली लगायतका अन्य ठगीमा
संलग्न मोरङ् उर्लाबारीको न्यू भिजन इन्टरनेशनल बोडिङ् स्कुलका प्रिन्सिपल
जिवन गुरागाई सोमबार पक्राउ परेका छन्।
उनीबिरुद्ध ठगी गरेकोमा उजुरी परेपछि पक्राउ परेका हुन्। उनी उर्लाबारीको बरगाछीबाट पक्राउ परेका हुन्। गुरागाईले दुई बर्षअघि स्कुल खोल्दा प्रतिविद्यार्थी एक लाख ५० हजार रुपैयाँका दरले ३७ जना विद्यार्थीका अभिभावकबाट पैसा असुल्नुका साथै अन्य थुप्रैसँग विभिन्न बाहनामा ठगी गरेका थिए। ठगी गरेर पीडितको खोजतलास सुरु गरेपछि दुई महिनाअघिदेखि गुरागाई उर्लाबारी छाडेर फरार भएका थिए ।
गुरागाईलाई प्रहरीले भने सामूदायिक हस्पिटल सञ्चालक उर्लाबारीका रुपेश श्रेष्ठले ठगी गरेको जाहेरीका आधारमा पक्राउ गरिएको उर्लाबारीका प्रहरी निरीक्षक ढुण्डी न्यौपानेले बताए। गुरागाईबिरुद्ध ठगी गरेको उजुरी एक जनाको मात्र परेपनि उनी पक्राउ परेलगतै विभिन्न व्यक्ति, संस्था र व्यवसायीको ठूलै समुह ठगीएको भन्दै प्रहरी कार्यालयमा आउँन थालेको न्यौपानेले बताए। 'उजुरी त अहिलेसम्म एउटा मात्र परेको छ, तर गुरागाईले ठगी गरेको भनी आउँनेको संख्या बढ्दो छ,' प्रहरी निरीक्षक न्यौपानेले भने, 'उनको अनुसन्धान गरी ठगी मुद्धा चलाइनेछ।'
उनले अधिकांशबाट स्कुल सञ्चालनकै लागि भनेर पैसा दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिइयो। श्रेष्ठले भदौ-२६ गते गुरागाई बिरुद्ध ठगी गरेको उजुरी दिएका थिए। उनी भने साउन-२९ गते इटहरीमा पत्रकार सम्मेलन गरी फरार भएका थिए। उनले पत्रकार सम्मेलन गर्दा अन्य सञ्चालकले अपहरणको शैलीमा काठमाडौ लगेर स्कुल उनीहरुकै नाममा पारेको बताएका थिए।
स्कुलका सञ्चालक धु्रवराज तीतुङ्का अनुसार स्कुलको व्यवहार डामडोल बनाएर फरार भएकोमा दुई महिनाअघिदेखि खोजी गर्ने क्रममा सोमबार उर्लाबारीको बरगाछीमै देखेपछि प्रहरीलाई सूचना दिई पक्राउ परेको बताए।
'उर्लाबारीको बरगाछीमा एउटा मोटरसाइकलमा अर्कै व्यक्तिले मोटरसाइकलमा ल्याएर छाडिदिनेवितिकै तयारी अवस्थामा राखेको कारमा चढ्न लाग्दा देखेर कुर्दै गएर मारुती हिडाउँन दिइन, अनि मारुतीवालाले उत्रारेपछि प्रहरीलाई खबर गरी जिम्मा दियौ,' उनले भने।
उनका अनुसार को १२ प १५७ नम्बरको मोटरसाइकलमा अर्कै व्यक्तिले बरगाछी चोकमा ल्याएर छाड्नेवितिकै बा ६ च ३२८० नम्बको कारमा चढने क्रममा देखेर जर्वरजस्ती कारलाई रोकेर प्रहरीलाई सूचना दिएर पक्राउ परेका हुन्।
कक्षा-१ देखि ६ सम्म सञ्चालित स्कुलका विद्यार्थीलाई कक्षा-१० उत्तीर्ण गरेपछि पैसा फिर्ता गर्ने सर्तमा गुरागाईले अभिभावकसँग पैसा असुलेको अभिभावक सम्शेर लिम्बुले बताए। उनले विशेषगरी निजी स्कुलको पहुँच कम भएको स्थानका अभिभावकबाट बढी पैसा असुली गरेको स्कुल प्रशासनले जनाएको छ। इटहरा, राजघाटसँगै ग्रामीण क्षेत्रका अभिभावकबाट बढी पैसा असुलेको पत्ता लागेको छ।
सञ्चालक तीतुमले एकातिर स्कुलको हिसाबकिताबका फाइल पनि गायब पार्नु अनि ठूलो संख्यामा रहेका मानिसले बेला बेलामा स्कुलमै आएर विवाद गर्नाले पढाई विद्यार्थीको पढाईमा असर गर्ने गरेकोमा अब राहत हुने बताउँछन्। २०६७ सालमा स्थापना भएको उक्त बोर्डिङमा दुई सयभन्दा बढी बालबालिका अध्ययतरत छन्। जिल्ला शिक्षा कार्यालय मोरङले पनि पुस्ताकलय, प्रयोगशाला लगायतमा शुल्क लिन पाउँने भएपनि अग्रिम स्कुल सञ्चालन गर्दा पैसा लिइनु ठगी भएको जनाएको छ।
गुरागाई पछिल्लो समयमा नेपाली काँग्रेसमा प्रवेश गरेपनि माओवादीको जनयुद्ध ताका माओवादी थिए। त्यो बेला पनि पार्टीका नाममा आर्थिक संकलन गरेकाले आर्थिक परिवर्तन भएको दावी गरिन्छ।

Source-nagariknews
No comments:
Post a Comment