महेन्द्रनगर, आश्विन २७ -
मेरले पाका देखिने कैलाली पहलमानपुरका नरबहादुर भण्डारी पिठ्युँमा
झिटिगुन्टा बोकेर सीमापारि वनवासाबाट बिहीबार हिंडेरै गड्डाचौकी भित्रिए ।
उनी उत्तराखण्डको पर्यटकीय सहर नैनितालबाट घर फर्केका हुन् । उनीसँगै
हिमाञ्चलको मनालीबाट बर्दिया जान लागेका युवा राजबहादुर रोकाया पनि थिए ।
दसैं-तिहार नजिकिंदै जाँदा केही दिनयता कामको खोजीमा भारतका विभिन्न ठाउँ पुगेका नेपाली कामदारहको गडड्चौकी सिमा भएर घर र्फकने क्रम
बढेकोछ । घर र्फकने युवा देखि पाका उमेरका नेपाली कामदारहरूको बिहानैदेखि साँझसम्म सीमा क्षेत्रमा लर्को देखिन्छ । उनीहरूमध्ये केही गड्डाचौकीदेखि ६ किलोमिटर टाढाको सीमापारिको पहिलो स्टेसन वनवासाबाट पैदलै आइरहेका देखिन्छन् । अधिकांश टाँगा, रिक्सा र केही भने गाडी नै रिजर्व गरेर घर फर्किरहेका भेटिन्छन् ।
'दसैं आयो, धान फसल पनि तयार हुन थाल्यो' पहलमानपुरका नरबहादुरले भण्डारीले भने, 'रोपाइँ सकेर साउनतिर गएका हौं दसंै मान्नुपर्यो, घरमा बाटो हेरी बसेका होलान् ।' अधिकांश कामदारहरू बर्सेनि धान रोपाइँ सकेर असारदेखि नै कामको खोजीमा भारतका विभिन्न ठाउँ पस्छन् । दसंै-तिहार जस्ता प्रमुख चाडपर्वमा उनीहरू २/३ महिनाको रोजगारीबाट कमाएको पैसाले लुगाफाटो र घरायसी सामान किनेर घर र्फकन्छन् ।
कञ्चनपुरको सीमापारि वनवासा बस स्टेसनमा केही दिनयता बिहानैदेखि जहाँ हेर्यो त्यतै नेपाली कामदार मात्र देखिन्छन् । सुदूरदेखि मध्यपश्चिमका पहाडी र तराई जिल्लाबाट कामको खोजीमा भारततर्फ आउजाउ गर्ने सबैभन्दा पायक पर्ने नाका भएकै कारणले पनि वनवासामा बर्सेनि चाडपर्व सुरु हुनुअघि घर र्फकनेहरूको लर्को लाग्ने गरेको हो । 'दैनिक ५ सयदेखि हजारको हाराहारीमा नेपालीहरू घर फर्किरहेका छन्' गड्डाचौकी इलाका प्रहरी कार्यालयका सइ नेत्रप्रसाद भट्टले भने, 'अझै केही दिन घर र्फकनेहरूको संख्या दिनहुँ बढ्दै जानेछ ।' उनका अनुसार अक्टुबरको पहिलो सातादेखि टाढा घर भएकाहरू र्फकन थालेका हुन् । 'कैलाली, कञ्चनपुर र बर्दियासम्मका कामदार अष्टमीको दिनसम्म पनि टीका लगाउनै भए पनि घर आउने गरेका छन्,' उनले भने ।
मध्य र सुदूरपश्चिमका पहाडी जिल्लाबाट स्याउ टिप्न हिमाञ्चलको सिमला कुल्लु र मनालीका दुर्गम गाउँतिर पुगेकाहरूदेखि नजिकै उत्तराखण्डको कुमाउ र गढवालका सहर पसेकाहरू बर्सेनि यति बेला घर र्फकने गरेका छन् ।
'स्याउ टिप्ने काम सकियो' बर्दियाका राजबहादुर रोकायाले भने, 'अब घर फर्केर दसैं मान्ने, धान भित्र्याउने अनि गहुँबाली लगाएर फेरि उतै कामका लागि जाने ।' केही वर्षअघिसम्म पहाडी क्षेत्रबाट मात्रै पटके काम खोज्दै भारततिर जाने प्रचलन रहँदै आएकोमा अचेल कैलाली, कञ्चनपुरदेखि बाँके, बर्दिया र दाङसम्मका थारू युवाहरू पनि ठूलो संख्यामा भारत पस्ने गरेका छन् ।
कामको खोजीमा भारतका विभिन्न ठाउँ पुग्न र त्यहाँ मजदुरी गरेर घर र्फकन भने त्यति सजिलो छैन । 'वनवासा स्टेसनमा बसबाट ओर्लेपछि गड्डाचौकी नपुग्दासम्म सीमा पार गर्नै समस्या छ' सुर्खेत लगाम ७ का खड्कबहादुर विकले भने, 'वनवासादेखि गड्डाचौकीसम्म तीन ठाउँमा सामान चेकजाँच भन्दै भारतीय पुलिस र त्यहाँको भन्सारका कर्मचारीले जबर्जस्ती रकम माग्ने नदिए दुव्र्यवहार गरेर सताउन थाल्छन् ।'
खड्कबाहदुरले भने झैं प्रायः सबै कामदारहरूले सीमामा भारतीय सुरक्षाकर्मीबाट सास्ती बेहोर्नुपरेको पीडा सुनाउँछन् । आउजाउ गर्दा जस्तोसुकै दुःख पाए पनि घरखर्च जुटाउन वर्षमा दुई पटक जति भारततिर नगए सुखै नहुने
उनीहरू बताउँछन् । 'दसैंका लागि फर्केका हौं' सिमलाबाट आएका लगाम ७ सुर्खेतका अकलबहादुर शाहीले भने, 'चाडवाड सकेर गहुँ छरेपछि फेरि चैत- वैशाखसम्मका लागि उतै काम खोज्दै जाने गरेको वर्षौं भइसक्यो ।'

Source-ekantipur
No comments:
Post a Comment