काठमाडौं, कार्तिक १४ -
लागू औषध क्याप्सुल बनाएर खाएर विदेश लाने गरेको, माटाका भाडा र थान्का
भित्र लुकाएर नेपाली चरेश अन्तर्राष्ट्रिय बजार पुर्याउने गरिएका घटना
नौला होइनन् । लागू औषध कारोबारीले चिठीपत्रलाई पनि 'माल' ओसार पसारको
माध्यम बनाएका छन् ।
हुलाकमार्फत् लागू औषधका कारोबारी पक्राउ परेपछि यस्तो खुलेको हो । प्रहरी अनुसन्धानले चिठीको भित्र पट्टी सानो आकारमा टासेर र प्लाइउड भित्र थाहा नपाउने किसिमले राखेर लागूऔषध ओसार पसार हुन थालेको देखाएको छ । प्रहरीको लागूऔषध नियन्त्रण इकाइ र विमानस्थल प्रहरीले विमानस्थलमा सुरक्षा कडा बनाएपछि गिरोहले हुलाकमार्फत लागूऔषध विदेश पठाउन थालेको प्रहरीको भनाइ छ । इकाइले वैदेशिक हुलाक भन्सार कार्यालयमार्फत टेरमा राखेर रसिया पठाउन लागेको ३ सय ४० ग्राम चरेससहित चरेस पठाउने रसियाकै इमारस्को अलेक्सलाई पक्राउ गरेको छ ।
केही समय अघिसम्म विदेश लैजान पार्सल गरेर राखेको ८ किलो चरेशसहित हुलाकका कर्मचारी शिवबहादुर सुकानी विमानस्थलबाट पक्राउ परेका थिए । बैङकक हुँदै बैइजिङ लैजान लागेको अवस्थामा समातिएका थिए । यस्तै पोखरामा पाराग्लाइडिङका अन्तर्राष्ट्रिय पाइलट स्कट समातिएका थिए । ९ वर्षदेखि पोखरामा बसेर प्याराग्लाइडिङ उडाउँदै आएका उनले क्षेत्रीय हुलाक कार्यालय मार्फत पार्सल गरेर चरेश क्यानाडा पठाउन लाग्दा समातिएका थिए ।
नेपाली विमानस्थलबाट लागुऔषध बाहिरिन नपाएपछि केही वर्षदेखि चरेशका कारोबारीले भारतलाई ट्रान्जिट प्वाइन्टका रुपमा विस्तार गरेको पाइएको छ । नेपालबाट चरेश भारत पुर्याएर त्यहाँबाट कुरियर कार्गो हुँदै युरोपेलि मुलुक पठाउने गरेको पाइएको हो । त्यस्ता कारोबारी नेपाली समेत छन् । 'यताबाट सुरक्षामा कडाई भएपछि भारतमा लगेर त्यहाँबाट पठाउने गरेको पाइएको छ' ईकाईका डिएसपी रविन्द्र रेग्मीले भने 'खतरा बढेपछि बाटो परिवर्तन गरेको पाइयो ।'
यहाँबाट लागूऔषध चरेश विदेश पठाउन मुख्य भुमिका निभाउने नुवाकोटका सोमबहादुर तामाङ अहिले भारतमा बसेर कारोबार गरिरहेका छन् । प्रहरीले उनलाई तीब्र खोजी गर्न थालेपछि भारतको गाजियाबादमा बसेर कारोबार गरिरहेको सूचना आएको थियो । 'त्यहाँ पनि खतरा देखेपछि अहिले अन्तै भागको खबर आएको छ' डिएसपी रेग्मीले भने ।
चरेश विदेश लैजाँदा अनेक तरिका अपनाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । कचौरा भरि चरेश राखेर माथिबाट मैन पगालेर छोपेर लैजाने गरेका छन् । त्यसो गर्दा विमानस्थलमा भएको एक्सरे मेसिनले केही पत्तो पाउँदैन । सन् २००९ मा १ हजार ६ सय ८९ किलो चरेश बरामद गरेको थियो । सन् २०१० मा १ हजार २ सय ७० केजी, २०११ मा २ हजार ९ सय २४ केजी, सन् २०१२ मा ४ हजार ७ सय ९२ किलो बरामद गरेको थियो । यो तथ्याङकले हरेक वर्ष चरेशको कारोबार र ओसार पसार बढेको देखाउँछ । यो बरामद भएका मात्रा मात्र हो ।
चरेश सहित पक्राउ परेमा लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार २ देखि १० किलोसम्म चरेश पक्राउ पर्ने व्यक्ति १ वर्ष देखि ३ वर्षसम्म कैद र ५ हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । २ किलो भन्दा माथि जति भएपनि २ देखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना तोकेको छ । ऐनले यसको उत्पादन, ओसारपसार, संरक्षण, बिक्री वितरण, निकासी, पैठारी र सञ्चय गर्नेलाई समान सजायको व्यवस्था गरेको छ । कारोबारीले कानुनी व्यवस्थालाई हेरेर चरेश बोकेर हिँड्ने गरेको पाइएको छ । 'पक्राउ परेका थोरै कमसंग मात्र १० किलो भन्दा बढी चरेश बरामद हुन्छ' रेग्मीले भने '९ किलो मात्र भए कम सजाय हुने गर्छ, त्यसै अनुसार गर्ने गरेका छन् ।' दश किलोग्राम भन्दा कम चरेश सहित फेला परेमा नेपालीहरु धरौटीमा छुट्न सक्छन् ।

Source-ekantipur
No comments:
Post a Comment