वीरगन्ज, कार्तिक १३ -
वीरगन्ज र आसपास क्षेत्रमा यौन व्यवसाय फस्टाउँदै गएको छ । यहाँको बसपार्क, होटल, लजमा प्रायःजसो यौन व्यवसाय चल्ने गरेको प्रहरी अनुसन्धानले जनाएको छ । प्रहरीले केही दिनअघि यहाँको सम्झना होटलबाट ४ युवती र ६ युवकलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको थियो । पछिल्लो तीन महिनायता प्रहरीले करिब ५५ जोडीलाई आपत्तिजनक अवस्थामा होटल तथा लजबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ । प्रहरी सक्रियता बढेपछि व्यवसायीले सहरमा फ्लाट भाडामा लिएरसमेत व्यवसाय चलाएको प्रहरी स्रोतको दाबी छ । प्रहरी निरीक्षक सुजन जोशीले बाहिरी जिल्लाबाट युवती ल्याएर यौन व्यवसाय सञ्चालनमा रहेको बताए । 'व्यवसायीले होटलमै युवती र ग्राहकलाई बोलाउने गरेका छन्,' उनले भने । एउटा ग्राहकबाट एक हजार पाँच सयदेखि ५ हजार रुपैयाँसम्म लिने गरिएको छ । प्रतिग्राहकबाट व्यवसायीले ५ सयदेखि १ हजारसम्म कमिसन लिन्छन् ।
सीमावर्ती विहारको मोतीहारी, रामगढवासम्मका ग्राहक व्यवसायीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ । होटल तथा रेस्टुरेन्टबाट अनैतिक क्रियाकलापमा संलग्न आरोपमा पक्राउ परेका युवायुवती प्रशासनको आदेशमा धरौटी बुझाएर छुट्ने र पुनः पक्राउ पर्न थालेपछि प्रहरीले सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउन थालेको हो । 'धरौटी बुझाएर रिहा भएका फेरि पुरानै ठाउँमा फर्किने गरेका छन्,' प्रनि जोशीले भने, 'उनीहरूको पुरानो गतिविधिले निरन्तरता पाउने देखिएको छ ।' अहिलेसम्म यौनकर्मीलाई मात्र पक्राउ गर्न सकेको प्रहरीले यसको मुख्य कारोबारी नजिक पुग्न सकेको छैन । प्रहरी अनुसन्धानले यहाँ रहेकी एक महिलाले यौनकर्मीलाई बोलाउने गरेको देखिएको छ । वडा प्रहरी बिर्ताका प्रमुख जोशीले भने, 'पक्राउ परेका युवतीले दिएको बयानमा त्यही महिलाको नाम छ ।'
वीरगन्जका होटल तथा लजमा प्रहरीले छापा मारे पनि अझै केही होटेलमा अनैतिक कार्य रोकिएको छैन । यहाँको बसपार्क, बाइपास रोडमा सञ्चालित होटलमा समेत यौनधन्दा फस्टाएको स्थानीयवासीको दाबी छ । पक्राउ परेका युवती आर्थिक अभावका कारण बाध्यतावस यसमा लागेको बताउँछन् । वडा प्रहरी बिर्ताको हिरासतमा रहेकी १७ वषर्ीय युवतीले जीविकोपार्जनका लागि एक वर्षदेखि यो पेसामा लागेको बताइन् । प्रहरीले पक्राउ गरेकामा उनले आक्रोश पोख्दै भनिन्, 'खानका लागि रोजगारी दिनुपर्यो, नत्र यसरी समाएर दुःख दिनु भएन ।'

Source-ekantipur
No comments:
Post a Comment