Monday, November 5, 2012

ट्याक्टर दुर्घटना

कावासोती, कात्तिक १९ - नवलपरासीको डेढगाउँमा रहेको अकलादेवी मन्दिरमा पञ्चवली गरेर फर्कदै गरेको ट्याक्टर घुमारीघाट नजिकै सडकमा पल्टँदा सात जना घाइते भएका छन्।

भारतीपुरका रामु वाग्लेले पञ्चवली गरेर घर फर्कदै गरेको ना २ त १२३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा च्यापिएर सात जना घाइते भएको स्थानीय ओम श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा परी भारतीपुर-५ का अस्मिता खड्का, चित्रबहादुर खड्का र अर्जुन खड्का गम्भीर घाइते भएका छन्। अन्य चार जना सामान्य घाइते भएका छन्। नवलपरासीको विकट पहाडी क्षेत्रमा दुर्घटना भएकाले उनीहरूको उपचारमा समस्या भएको छ।
दुर्घटनामा पर्नेहरूलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालय डेढगाउँले उद्धार गरेर स्थानीय मेडिकलमा पुर्‍याएका थिए। प्राथमिक उपचार डेढगाउँमा भए पनि थप उपचारका लागि पोखरा र भरतपुर लैजाने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए।

Source-nagariknews

No comments:

Post a Comment