Sunday, November 11, 2012

पठनपाठनमा मोबाइल विकृति

शिक्षा विभागले कक्षा १२ सम्म मोबाइल फोन निषेध गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेन

 

मानेभन्ज्याङ (ओखलढुंगा), कार्तिक २६ - दुर्गम गाउूको सामुदायिक विद्यालयमा कक्षा ६ का सोह्रमध्ये दसजनाले मोबाइल फोन बोक्छन् भन्दा सायदै पत्यार लाग्छ । उनीहरु कक्षा कोठाभित्रै मोबाइलमा गीत सुन्ने, फिल्म हेर्ने गर्छन् । त्यतिमात्र होइन, उनीहरुलाई पढाउने शिक्षक-शिक्षिकासमेत मोबाइलमै फेसबुक चलाउूछन् । जसका कारण कक्षा कोठामा ढिलो आउने, निदाउनेसमेत गरेका छन् ।
'मिसले फेसबुकको वालमा राख्न राम्रो विद्यार्थीलाई छानेर फोटो खिचाउनु हुन्छ,' विद्यार्थी भन्छन्, 'हाम्रो मिस रातभरि फेसबुक चलाउने, फिलिम हेर्ने गर्नु हुन्छ र बिहान अबेर उठेर आूखा मिच्दै कक्षामा आउनु हुन्छ ।' यो भनाइ मानेभन्ज्याङ-१ स्थित भगवती उच्च मावि र मानेभन्ज्याङ-५ स्थित देवीस्थान निमाविमा अध्ययनरत विद्यार्थीको हो । सुन्दा आरोपजस्तै लाग्छ । घटना भने दैनिक घटिरहेको छ ।
मानेभन्ज्याङ-५ उदयपुरगाउूका विद्यार्थी नियमित एसएलसी परीक्षामा पास नभएको दशक नाघिसकेको छ । 'आठ कक्षा पढ्दै गरेकी मेरी भतिजीले राम्ररी आफ्नो नामसमेत लेख्न जानिनन्,' आफ्नो गाउूमा झन्डै एक दशकदेखि एसएलसी शून्य परिणाम आएपछि अन्तरक्रिया चलाउनु परेको उल्लेख गर्दै पत्रकार गजुरधन राईले भने, 'त्यो पत्तोपाएपछि छलफल चलाउनै पर्ने लागेर यस पटक गाउू आउूदा बहस चलाएका हौं ।'
दुई दशकअघि जुन हदसम्म पढाइप्रति लगाव हुन्थ्यो अहिले शून्य प्राय रहेको उनको ठहर छ । 'उतिखेर हामी कसको अक्षर राम्रो र कसले छिटो लेख्छ भनेर प्रतिस्पर्धा हुनेगथ्र्यो,' उनले थपे, 'अहिले त अक्षर लेख्न होइन, चिन्नसमेत नसकेको पाइयो ।'
सामुदायिक विद्यालयका शिक्षकले विद्यार्थीलाई नपढाएर शिक्षाको गुणस्तर खस्किएको आरोप तीव्र छ । एसएलसी परीक्षामा सबैभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयबाटै असफल हुने गरेका छन् । पछिल्लो पटक अभिभावकले मोबाइल फोनले गर्दा छोराछोरी बिगि्रएको बताएका छन् । तर तिनै अभिभावक आफ्ना नानीहरुलाई मोबाइल किनिदिने गरेका छन् ।
'मोबाइल फोनले गर्दा हाम्रा बालबच्चाको पढाइ बर्वाद हुदैछ,' स्थानीय अभिभावक बलबहादुर राईले भने, 'मोबाइन नलैजाऊ भन्दा साथीहरु र गुरुगुरुआमाले पनि चलाउूछन् । चलाउन सिकाउूछन् भन्छन् । यसले विकृति बढेको छ ।'
देवीस्थान निमाविका शिक्षक अमृतबहादुर राई विद्यार्थीले किताब, कापी थोत्रो तर मोबाइलचाहिं नयाू लिएर आउूने गरेको सुनाउूछन् । 'कुटे, सजाय दिए पढ्न छाड्छन्, बाबुआमालाई खबर गर्‍यो कोही आइदिंदैनन्,' शिक्षकले कक्षाभित्रै मोबाइल प्रयोग गरेप्रति स्वीकारोक्ति जनाउूदै उनले भने, 'मोबाइल फोन कति बेला प्रयोग गर्ने भन्नेबारे कुनै नियम छैन । त्यसैले नियन्त्रण गर्न/गराउन गाह्रो छ ।'
शिक्षा विभागले कक्षा कोठामा शिक्षक र विद्यार्थी दुवैले मोबाइल फोन प्रयोग गर्न नपाउने निर्देशन जारी गरेको वर्षदिन भइसकेको छ । यो नियम कक्षा १२ सम्मका निम्ति हो । विभागले सबै जिल्ला शिक्षा कार्यालयमा परिपत्र गर्दै विद्यालयले आन्तरिक अनुशासन बनाउनसमेत भनेको छ । तर व्यवहारमा लागू हुन सकेको छैन ।
विभागका महानिर्देशक डा. लवदेव अवस्थीका अनुसार निर्देशन नमान्ने विद्यालय, शिक्षक र विद्यार्थीलाई कारबाही गर्न स्थानीय तहमा अनुगमन समिति गठन गर्न पनि निर्देशन दिइएको छ । देशभरका १ करोड ५० लाख मोबाइल प्रयोगकर्तामध्ये करिब २० प्रतिशत स्कुले विद्यार्थी रहेको अनौपचारिक अनुमान छ । अधिकांश शिक्षकका साथमा मोबाइल हुन्छ ।
शिक्षा ऐन तथा नियमावलीमै मोबाइलको दुरुपयोगबारे कडा प्रावधान हुनुपर्ने शिक्षकको ठम्याइ छ । त्यसनिम्ति विद्यालयका शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, स्रोत व्यक्तिले आन्तरिक नियम कायम बनाउनुपर्ने उनीहरुको ठहर छ ।

Source-ekantipur

 

No comments:

Post a Comment