Sunday, November 4, 2012

आफ्नै आँखा कम्प्युटरको पासवर्ड


आफ्नै आँखा कम्प्युटरको पासवर्ड

27
अब कम्प्युटरको पार्सवर्ड कसैले चोरेर वा थाहा पाएर दुरुपयोग गर्ला की भन्ने चिन्ता लिनु नपर्ने भएको छ । वैज्ञानिकहरुले यस्तो प्रविधिको विकाश गरेका छन् जसमार्फ कम्प्युटरले मान्छेको आँखाको झिम्क्याईलाई नै स्वचालित रुपमा पार्सवर्डको रुपमा उपयोग गर्नेछ । विश्वका हरेक व्यक्तिको आँखा झिम्क्याउने वा हेर्ने तरिका फरक फरक हुने जसको आँखाको झिम्क्याइका आधारमा कम्प्युटरमा पार्सवर्ड राखियो त्यो अरु कोहीसँग पनि मिल्दैन अर्थात् अर्को व्यक्तिले त्यो कम्प्युटर खोल्न सक्ने वा पार्सवर्ड चोर्न सक्ने सम्भावना शुन्य हुन्छ ।
अमेरिकाको टेक्सास विश्वविद्यालयका कम्प्युटर वैज्ञानिक ओलेग कोमोगोर्तेभले यस्तो नयाँ बायोमेटि्रक प्रणालीको विकाश गर्दैछन् जसका कारण कम्प्युटर प्रयोगकर्ताले कम्प्युटरको स्त्रिmनमा हेर्दा आँखा झिम्क्याउने वा हेर्ने शैलीका आधारमा कम्प्युटर आफैले दृश्यात्मक पार्सवर्ड तयार गरेर सेटिङ गर्छ । जुन हरेक व्यक्तिको फरक हुन्छ, जसका कारण एउटा मान्छेले आफ्नो हेराइका आधारमा कम्प्युटरमा सेटिङ भएको पार्सवर्ड अर्कोले बदल्न सक्दैन ।
यो प्रविधिको विकाश भएपछि अब कम्प्युटरमा कुनै गोप्य पार्सवर्ड राखिरहनु जरुरी छैन । तपाइँको हेराइको आधारमा कम्प्युटरले आफै पार्सवर्ड तय गर्छ । जब तपाइँले कम्प्युटरको स्विच अन गरेर कम्प्युटरको स्त्रिmन अगाडि बसेर स्त्रिmनमा हेर्नुहुन्छ तब कम्प्युटरको उक्त प्रणालीले तपाइँको हेराइ चिन्दछ अर्थात् उक्त दृश्यात्मक पार्सवर्ड म्याच हुन्छ अनी कम्प्युटर आफै खुल्छ ।
सुन्दा कल्पना जस्तो लाग्ने यो प्रविधि छिटै प्रयोगमा आउने बताइएको छ । यसो भएमा कम्प्युटर अपराध निकै न्युन हुने अपेक्षा गरिएको छ ।

No comments:

Post a Comment