Saturday, November 10, 2012

अनुपम खेर एसियाकै पाँच उत्कृष्टमा



मुम्बई (एजेन्सी), - करिअरका झन्डै तीन दशकमा बलिउड अभिनेता अनुपम खेरले ४ सय ५० भन्दा बढी फिल्म खेलिसकेका छन् । उनी भारतका थोरै प्रतिष्ठित कलाकारमध्येका एक हुन् । पछिल्ला समय हलिउड फिल्ममा समेत देखिन थालेका अनुपमलाई अन्तर्राष्ट्रिय म्यागाजिन 'द हलिउड रिपोर्टर' ले हालैको अंकमा एसियाका उत्कृष्ट पाँच कलाकारमा पारेको छ ।  'हलिउड रिपोर्टरको पछिल्लो अंकमा मलाई पनि एसियाका उत्कृष्ट पाँच अभिनेताभित्र समेटेको रहेछ । खबर बाँड्न पाउँदा खुसी लागेको छ । भारतीयमा म एक्लो हुँ । जय होस् ।' उनले टि्वटरमा आफूबाहेक सूचीमा रहेका बाँकी कलाकारको पनि उल्लेख गरेका छन् । जसमा ली बिंग बिंग -चीन), ली बुंग हुँ -दक्षिण कोरिया), इको उवेस -थाइल्यान्ड) र आरोन क्वोक -हंगकङ) रहेका छन् । अनुपमले भारतकै प्रतिष्ठित राष्ट्रिय अवार्ड दुई पटक जितिसकेका छन् ।

 Source-ekantipur

No comments:

Post a Comment