Thursday, November 1, 2012

दुर्घटनामा चालकसहित तीनको मृत्यु

रौतहट, कार्तिक १६ - पूर्व पश्चिम राजमार्ग अन्तर्गत धन्सार-चन्द्रनिगाहपुर सडक खण्डको लच्कामा बिहीबार भएको सवारी दुर्घटना मा चालकसहित तीन जनाको मृत्यु भएको छ । रिजर्भमा जाँदै गरको बस र विद्युत् प्राधिकरणको ट्रक एकआपसमा जुद्दा ३४ भन्दा बढी घाइते भएका छन् ।
रौतहटको पौराई-९ बाट रोजगारीका लागि ना३ख २७१५ नम्बरको बस रिजर्भ गरी हिँडेका कामदार दुर्घटना मा परेका हुन् । पश्चिमबाट पूर्व आउँदै गरेको विद्युत् प्राधिकरणको ना१घ ५३९ नम्बरको ट्रक र रिजर्भमा हिँडेको बस अपराह्न चार बजे एकआपसमा ठोक्किएर दुर्घटना हुँदा नवलपरासीको इँट्टाभट्टामा काम गर्न हिँडेका पौराई गाविस-९ की सन्सरी माया माझी र नौ वर्षीय बालक विनायक माझी र चालक दीपक भनिने गोरे बिकको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । दुर्घटना मा एउटै गाउँका मानिस परेका छन् । बर्सेनि उक्त गाउँका मानिस नवलपरासी भट्टामा काम गर्न जाने गरेको स्थानीयवासीले बताएका छन् ।
दुर्घटना मा प्राधिकरणका चालक नारायण पौडेल गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि राजधानी र भरतपुर पठाएको प्रहरीले जनाएको छ । भट्टामा काम गर्न हिँडेका पौराइका सानोमाया माझी, दली माझी, अन्जना मगर, सविन माझी लगायत बीसभन्दा बढी गम्भीर घाइते छन् । गम्भीर घाइतेहरूको चन्द्रनिगाहपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि भरतपुर र राजधानी पठाइएको प्रहरीले जनाएको छ ।
बसमा चालीस भन्दा बढी मानिस सवार थिए । अधिकांश घाइतेको टाउको र खुट्टामा चोट लागेको छ । घाइते हुनेहरूको वीरगन्ज र चन्द्रनिगाहपुरमा उपचार भइरहेकाले घाइतेको वास्तविक संख्या यकिन हुन नसकेको प्रहरी निरीक्षक शेख अदालतले बताए । प्राधिकरणको ट्रक चालक नारायण पौडेललाई केही बेरसम्म भित्र थिचिएको अवस्थामा सशस्त्र र नेपाल प्रहरीले उद्धार गरी उपचारका लागि वीरगन्ज पठाएको थियो ।  

Source-ekantipur

No comments:

Post a Comment