१९ कात्तिक, पोखरा । कास्कीको पोखरमा जारी
सफल कप अन्र्तराष्ट्रिय फुटबल प्रतियोगिता अन्र्तगत आज दोस्रो क्वाटर
फाइनलको खेल हुने भएको छ ।

पोखरा रंगशालामा दिउसो साढे २ बजेपछि सुरुहुने खेलमा न्यूरोड टिम एनआरट र भुटानको ड्रूक पोल फुटबल क्लब भिड्ने छन् ।
एनआरटीले आयोजक टिम पोखरा ११ लाई २ – १
गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा पुगेको हो । यस्तै भुटानी टिम भने
सिधै बाई पाएर क्वाटर फाइनलमा प्रतिष्प्रधा गर्न लागेको हो ।
प्रतियोगिता अन्र्तगत शनिबार भएको पहिलो
क्वाटर फाइनलमा मानङमस्र्याङदीले सशस्त्र प्रहरीको एपिएफलाई ३- १ गोल
अन्तरले पाखा लगाउदै सेमीफाइनलमा स्थान सुरक्षीत गरेको छ ।
आगामी २५ गते सम्म चल्ने प्रतियोगिताको
उपाधी बिजेता टिमले तीन लाख ५ हजार र उप विजेता टिमले १ लाख ५० हजार रुपैया
पुरस्कार पाउने छ ।
Source-onlinekhabar
No comments:
Post a Comment