काठमाडौ, कार्तिक २० -
क्रिकेट अभ्यास गर्ने क्रममा मुख्य सचिव लीलामणि पौडेलको शनिबार ढाड
सड्कियो । ब्याटिङ र बलिङ गर्न नसक्ने भए उनी । तैपनि उनले 'मुख्य सचिव ११'
टिमको नेतृत्व गर्दै कर्पोरेट-मिडिया हाउसविरुद्ध मैत्रीपूर्ण खेलमा
आइतबार फिल्डिङ गरे । इनिङभरि रन रोक्न व्यस्त पनि रहे ।
'ढाड दुखेकाले गाह्रो भए पनि क्रिकेटको प्रवर्द्धन गर्न मैदानमा उत्रिएँ,' पौडेलले भने, 'अन्तर्राष्ट्रिय खेलकुदमा नेपालले छवि वृद्धि गर्ने सम्भावना भएको क्रिकेटै हो । यसले खेल पर्यटन पनि बढाउन सकिन्छ । त्यसैले सरकारले लगानी गर्दै यसलाई प्राथमिकतामा राखेको छ ।'
तीन वर्षयता सरकारले गरेको लगानी र दिएको पुरस्कार तथा सचिवहरूको प्रत्येक वर्षको खेलले उनको भनाइ पुष्टि गर्छ । सरकारले मूलपानीमा मैदान निर्माण गर्न क्रिकेट संघलाई ४ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ । एसीसी वुमेन्स यू-१९ को उपाधि जितेको नेपाली टिमका खेलाडीलाई २-२ लाख दियो । वल्र्ड क्रिकेट लिग डिभिजन-४ च्याम्पियन राष्ट्रिय टिमका प्रत्येक खेलाडीले ३-३ लाख रुपैयाँ पुरस्कार पाए ।
'क्रिकेटमा भरपर्दो गरी सघाउन सरकार तयार छ,' पौडेलले थपे, 'डिभिजन-३ जित्दै सन् २०१५ को वल्र्डकपमा छनोट हुने टिम बनाउन पूर्ण सहयोग गर्नेछौं । खेलाडी तयारीका लागि क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषद्ले योजना बनाउने छन् ।'
पहिलोपल्ट तीन वर्षअघि उच्च कर्मचारीलाई क्रिकेटमा संलग्न गराएका तत्कालीन मुख्य सचिव माधवप्रसाद घिमिरेले भने, 'चाँडै सफलता हात पार्दै नेपालले वल्र्डकप खेल्ने सम्भावना भएको क्रिकेट नै हो । त्यसैले नीति निर्माण तहमा भएकालाई क्रिकेटमा आकषिर्त गर्न सके खेल विकासमा ध्यान दिन्छन् । क्रिकेट टिममा खेल्ने भएकाले कार्य सम्पादनमा पनि टिम स्पिरिट बढाउँछ । त्यसैले सचिवहरूको मैत्रीपूर्ण खेल सुरु गरिएको थियो ।'
सोल्टी सुपर सिक्सेजको सुरुमै हुँदै आएको कर्पोरेट-मिडिया हाउसविरुद्ध खेलमा मुख्य सचिवको टिममा रहेर आठ सचिव, एक सहसचिव, एक उपसचिवले व्यस्तताबीच समय निकाल्दै कीर्तिपुरमा खेल्न भ्याए । प्रतिद्वन्द्वी टिमको नेतृत्व गरेका थिए, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले । सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक नलिन मन्दिरताको २१ रन सहयोगमा कर्पोरेट-मिडियाले १३ रनको जित हात पार्यो ।

Source-ekantipur
No comments:
Post a Comment