Saturday, November 10, 2012

सफल पोखरा कपको उपाधि मनाङलाई

पोखरा,- सफल पोखरा कपको उपाधि मनाङ मर्स्याङ्दी क्लवले जितेको छ ।
मोफसलको सर्वाधिक धनराशिको फुलबल प्रतियोगितामामा मनाङले शनिबार मच्छिन्द्र क्लवलाई १-० ले हराउँदै उपाधि जितेको हो । मनाङका लागि ३५ औं मिनेटमा निराजन मल्लले गोल गरी आफ्नो टिमलाई जित दिलाए ।
मनाङले एनआरटीलाई र मच्छिन्द्रले यती हिमालयन शेर्पालाई पन्छाउँदै फाइनलमा पुगेका थिए । एनसेल कप उचालेर आर्जेको कीर्तिलाई मनाङ पोखरामा पनि दोहोर्‍यायो ।
पोखरा रंगशालामा भएको खेलमा  उपाधिसँगै मनाङले ३ लाख ५ हजार रुपैयाँ नगद र ट्रफी जितेको छ भने उपविजेता मच्छिन्द्रले १ लाख ५० हजार रुपैयाँ र ट्रफी पाएको छ ।

No comments:

Post a Comment