काठमाडौ, कार्तिक १३ -
शरीरमा बनाइएको टाटुले मिसकल र म्यासेजको मात्र होइन मोबाइलको ब्याट्री चार्ज सकिन लागेको र ब्यालेन्स पनि कम भएको समेत जानकारी दिनेछ। फिनल्यान्डको मोबाइल फोन उत्पादक नोकिया कम्पनीले टाटुमार्फत आफ्नो मोबाइल सेटमा आएका कल तथा म्यासेज आदिको जानकारी गराउने प्रविधिको विकास गरेको हो। कम्पनीले यस्तो अत्याधुनिक प्रविधिको पेटेन्ट तथा ट्रेडमार्क दर्ताका लागि आवेदनसमेत दिइसकेको छ। उक्त प्रविधिअनुसार मोबाइल प्रयोगकर्ताको शरीरको कुनै पनि भागमा विशेष प्रकारको चुम्बकीय टाटु बनाइन्छ। यो टाटुमा भएको चुम्बकीय प्रभाव र मोबाइल फोनको तरंगबीच सम्बन्ध स्थापित गरिएको हुन्छ। जब मोबाइल फोन तथा म्यासेज आउँछ त्यति बेला उत्पन्न हुने तरंग सरीरमा भएको चुम्बकीय टाटुले ग्रहण गर्छ।
मोबाइल तरंग गरेपछि चुम्बकीय टाटुले एक प्रकारको कम्पन उत्पन्न गरिदिन्छ। उक्त कम्पनलाई मोबाइल प्रयोगकर्ताले अनुभव गर्छ भने आफ्नो मोबाइलमा कल, मिसकल वा म्यासेज आएको जानकारी पनि पाउँछ। फोनकल आएको, म्यासेज आएको, ब्याट्री चार्ज सकिन लागेको वा ब्यालेन्स सकिन लागेको जस्ता विभिन्न जानकारी उपलब्ध गराउन टाटुले भिन्न-भिन्न प्रकारका कम्पन सिर्जना गर्ने र कम्पनको प्रकार हेरी मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलमा भएको गतिविधिका सम्बन्भमा जानकारी पाउने बताइएको छ। यस्तो टाटुलाई भाइवरेटिङ म्याग्नेटिक ट्याटु नाम दिइएको छ।

Source-ekantipur
No comments:
Post a Comment