अमेरिकी कम्पनी एप्पलले फेरि एकपटक
सामसुङसँगको कानुनी लडाई हारेको छ । बेलायतको एक अदालतलेसामसुङसँग जोडिएको
डिजाइन विवादसम्वन्धी वेबसाइटमा राखिएको जानकारी ४८ घण्टाभित्र सुधार गर्न
आदेश दिएको छ । अदालतले १८ अक्टोबरमा सामसुङले एप्पलको आइप्याडको पंजीकृत
डिजाइनबारे कुनै सीमा नतोडेको प्रष्ट सूचना आफ्नो वेबसाइटमा राख्न एप्पललाई
आदेश दिएको थियो ।

तर, एप्पपले राखेको सूचना अदालतको
आदेशअनुसार नभएको भन्दै सामसुङले उजुरी दिएको थियो । सामसुङको दावीसँग
सहमति जनाउँदै अदालतले २४ घण्टाभित्र पूरानो सूचना हटाउन भनेको छ भने
त्यसपछि नयाँ सूचना आफ्नो वेबसाइटमा राख्न भनेको छ । नयाँ सूचना राख्न
एप्पलले १४ दिनको समय मागेपनि अदालतले अस्वीकार गरिदिएको छ । बेलायती
अदालतको यो फैसला युरोपेली संघमा लागू हुनेछ ।
Source-onlinekhabar
No comments:
Post a Comment