बेलायतमा विश्वकै सबैभन्दा महंगो घर
बिक्रिका लागि तयार भएको छ । घरका शौखिनहरुले यो घर खरिद गर्न सक्छन् तर
साथमा टन्नै गाँठ हुनु भने आवश्यक छ । त्यो पनि थोरै होइन झण्डै १४ अर्ब
रुपैयाँ ।
हामीजस्ता धेरैका लागि यो आकाशको फल
आँखातरी मर भनेजस्तै हो । तर लण्डनको यो घर खरिद गर्न धेरै अरबपतिहरुको
रस्साकस्सी हुने अनुमान गरिएको छ ।
२१ हजार ५ सय वर्गफिटमा बनेको यो घरमा ७
बेडरुम छन् । साथै ९ वटा बाथरुम तथा ११ वा पाहुना कोठा छन् । यो घर
अत्याधुनिक प्रविधियुक्त छ, अर्थात् यसमा आइप्याडबाट नियन्त्रण गर्न सकिने
विजुलीको व्यवस्था छ ।
यो घर बनाउन १० करोड बेलायती पाउण्ड खर्च भएको थियो । यसको मार्केटिङको जिम्मा सेविल्स कम्पनीलाई दिइएको छ ।
लण्डनको रिजेन्ट पार्कमा बनेको वान
कर्नवाल टेरास नाम दिइएको यो घरको डिजाइन प्रख्यात आर्किटेक्ट डेसिमस
बर्टनले गरेका हुन् । डेसिमस ती व्यक्ति हुन् जसले बेलायती राजदरबारको पनि
डिजाइन गरेका हुन् । हेरौँ यो बहुमुल्य घरका केही झलक






No comments:
Post a Comment