कपिलवस्तु , कार्तिक १९ -
सिकार गरेको आरोपमा प्रहरीले दुई थान दुईनाले बन्दुकसहित यहाँ १३ जनालाई
पक्राउ गरेको छ । हतियारसहित ज१ज २९ नम्बरको गाडीमा सीमा क्षेत्रको वनमा
गइरहेका बेला उनीहरूलाई गस्तीमा रहेको इप्रका गणेशपुरको टोलीले पक्राउ
गरेको हो । राति करिब १० बजे जिल्लाको सुदूर पश्चिम गणेशपुर ७, गेडुवा
जोतबाट उनीहरू पक्राउ परेका थिए । पक्राउ परेकाका आफन्तले छाड्न दबाब दिँदै
बिहान कृष्णनगर-चन्द्रौटा सडक खण्डमा केहीबेर भाडाका सवारी साधन बन्द
गराएका थिए । केहीबेर कृष्णनगर बजार बन्द भए पनि बिहान ८ बजेतिर खुलेको
थियो । उनीहरूसँग बन्दुकसहित बन्दुकमा लाग्ने ७ थान गोली र एक थान चक्कु
पनि बरामद भएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक राजेन्द्र ढकालले बताए ।
बरामद बन्दुक भने सरकारी अनुमति प्राप्त लाइसेन्स भएको बताइएको छ । सरकारी
वकिलसँग राय लिएर अगाडि बढ्ने उपरीक्षक ढकालले बताए ।
Source-ekantipur
No comments:
Post a Comment